३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

विराटनगरकाे नाङ्लो रेष्टुरेन्ट हाउसफुल

Logo
प्रकाशित आइतबार, पुष ०३, २०७९

विराटनगर, पुष ३
दिनेश खड्का
विराटनगरको तिनपैनीमा पुनःसंचालनमा आएको नेपाली नाङ्लो फास्टफुडले गति लिएको छ । असार ३० गते आगलागी भएर ध्वस्त भएको उक्त रेष्टुरन्ट पाँच महिना पछि मंसिर २६ गते पुनः संचालनमा आएको हो ।

संचालनमा आएसँगै पुराना ग्राहकहरुको रेष्टुरेन्टमा आगमन बढेको छ । पुर्न संचालनको पहिलो शनिबार सो रेष्टुरेष्टमा थेगी नसक्नु भिड देखियो । साप्तहन्तमा दिनैभरि रेष्टुरेन्टको दुवै तत्ला ग्राहकले भरिभराउ थिए । रेष्टुरेष्टका कुक, वेटर र अन्य कर्मचारीलाई शनिबार ग्राहक समहाल्न हम्मेहम्मे भयो ।

नाङ्लो सतप्रतिशत भेज रेष्टुरेष्ट हो । यहाँको मःम विराटनगरमा निकैनै प्रसिद्ध छ । मःम बाहेक नुडल, पस्ता, पिज्जाजस्ता कन्टिनेन्टल फुडहरु पनि निकै लोकप्रिय छ । अहिले विराटनगरवासीको चाहना अनुरुप यस रेष्टुरेन्टले भेज विर्यानी समेत बनाउन थालेको छ । पिय पदार्थहरुमा यँहाको मिल्कसेक्क र चोक्लेटसेक पनि निकैनै फेमस छ ।

यस रेष्टुरेष्टका संचालक ईश्वर–किशोर बाँस्कोटा दाजुभाई हुन् । नवनिर्मित रेष्टुरेष्ट कन्क्रिट र आईरनले बनेको छ जुन पुर्णरुपमा आगो र भुकम्प प्रतिरोधात्मक छ । यसअघि आगलागी भएको रेष्टुरेन्ट पुर्णरुपले बास र काठले बनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]