१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण

Logo

विराटनगर, पुस ३
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण गरिने भएको छ । पुस ६ गतेसम्म आयोजना हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो ।
एक्स्पोमा राखिएको स्टार्टअप पेभेलियनमा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । व्ययवसाय नफष्टाएको, पर्याप्त लाभ लिन नसकेको, व्यवसायिक योजना नभएर व्यवसाय सञ्चालनमा समस्या भए उक्त स्टलमा गई आफ्नो व्यवसायको स्वास्थ्य परीक्षण गर्न सकिने लगानी अनुसन्धानकर्ता सौजन्य तिम्सिनाले बताए ।

उनले मानिसको स्वास्थ्य जस्तै व्यवसायको पनि स्वास्थ्य परीक्षण समय–समयमा गरिरहनु पर्ने भएकाले एक्स्पोमा पहिलो पटक व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको स्पष्ट पारे । तिम्सिनाले व्यवसाय नचल्नुमा कुन कारण हो भन्ने पत्ता लगाएर त्यसलाई सुधार गर्न विशेषज्ञहरूले सल्लाह दिनेछन् । यसरी सल्लाह दिएपछि व्यापार राम्ररी चले नचलेको विषयमा पुनः ६ महिनापछि फ्लोअप पनि गरिने उनले बताए । जिनेश हेल्थ चेक अप स्टलमा नयाँ तथा पुराना व्यवसायीहरूले व्यवसायका विषयमा जानकारीहरू लिने गरेको तिम्सीनाले जानकारी दिए ।
एक्स्पोमा अवलोकनकर्ताको भीड दिनहँ बढ्दो रहेको छ । एक्स्पोमा आउनेले व्यवसाय सम्बन्धीको जानकारी लिनुका साथै उपभोग्य वस्तु खरिद गर्ने गरेको छन् । एक्स्पोमा सजाइएको फूलबारीमा फोटो खिच्ने र टिकटक बनाउनेको पनि उस्तै भीड रहेको देखिन्छ ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । त्यसैगरी, प्रदेशको पर्यटन क्षेत्रमा लगानी सम्भावनाका बहुआयामिक पक्ष, पर्यटन प्रवद्र्धन के गर्ने के नगर्ने, पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका, बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल गरिएको थियो ।
एमाले नेता योगेश भट्टराईले अर्थतन्त्र सुधार्न गठबन्धन सरकार असफल भएको बताएका छन् । विराटनगरमा आयोजित ‘बदलिँदो राजनीति र खस्कँदो अर्थतन्त्रमा युवा नेतृत्वको भूमिका’ विषयक अन्तक्र्रियामा नेता भट्टराईले अर्थतन्त्र सुधार्न गठबन्धनको सरकार असफल भएको बताएका हुन् ।

उनले अर्थतन्त्र सुधार्न गठबन्धन सरकारको विकल्प खोज्ने बेला आएको बताए । ‘अर्थतन्त्र सुधार्न गठबन्धन सरकार असफल भइसक्यो‘ उनले भने‘ अर्थतन्त्र सुधार्ने हो भने सत्तारुढ गठबन्धन सरकारको विकल्प खोज्नुपर्छ ।’ भट्टराईले राजनीतिक व्यवस्थामा देश बाटो लिइसकेको भए पनि आर्थिक हिसाबले अझै लय समाउन नसकेको बताए । उनले अबको एजेण्डा आर्थिक सामाजिक मुद्दा नै भए पनि निर्वाचनमा दलहरूले आर्थिक एजेण्डालाई स्पष्ट रुपमा उठाउन नसकेको टिप्पणी गरे । भट्टराईले यति बेला नेपालमा व्यापार गरेर कमाउने अवस्था नरहेको बताए । ‘१५ प्रतिशत ब्याजमा ऋण लिएर व्यापारीले कमाउ नै सक्दैनन्’ उनले भने ‘कमाउनु परे ठग्नै पर्ने अवस्था रहेको छ ।’

अन्तक्र्रियामा नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक वेथिति अन्त्य नगरी शुसासन र आर्थिक समृद्धि नआउने स्पष्ट पारे । पौडेलले राजनीतिक वेथिति अन्त्य गर्न युवाहरूले हस्तक्षप गर्नुपर्ने बताए । ‘राजनीतिक वेथिति अन्त्य नगरी आर्थिक समृद्धि आउँदैन,’ उनले भने, ‘राजनीतिक वेथिति अन्त्य गर्न युवाहरूले हस्तक्षप गर्नुपर्छ ।’ पौडेलले संसारकै दुई वटा ठूला बजार छिमेकमा रहे पनि नेपालले आफ्ना उत्पादन बेचेर लाभ लिन नसकिरहेको बताए । बोलेर मात्रै आर्थिक समृद्धि नआउने भएकाले राजनीतिक दलहरूले के गर्ने ? कसरी गर्ने ? भन्ने स्पष्ट एजेण्डा ल्याउनुपर्ने बताए । पौडेलले राजनीतिलाई आर्थिक विकाससँग जोडेर अघि बढ्नुपर्ने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारको साथ र सहयोग पाए नीजि क्षेत्र काम गर्न सक्षम रहेको बताए । प्याकुरेलले राजनीतिक लुछाचुडीमा नलागि काममा ध्यान दिन युवा नेताहरूलाई आग्रह गरे । प्याकुरेलले नेपालमा धेरै वर्षदेखि संभाव्यता अध्ययन भइरहेका कारण अब, संभाव्यता अध्ययन नभई ठोस काममा लाग्न युवा नेताहरूलाई आग्रह गरे । प्याकुरेलले ब्याजदर बढेको, राजस्व संकलन घटेको, विदेशी मुद्राको संचिती घटेको, बजार माग २८ प्रतिशत बढीले घटेकाले अर्थतन्त्र सहज अवस्थामा नरहेको बताए ।
सोमबार अनुसन्धान र प्रविधि शून्य लगानी खेती–प्रणाली, अन्न भण्डारणको वैज्ञानिक पद्दती, खाद्य प्रशोधन ः परम्परागत प्रविधि नयाँ अवसर, प्रशोधित खाद्यको गुणस्तर, मासु प्रशोधनको प्रविधि र उद्योग, नेपालमा अलँची ड्रायर प्रविधिको रुपान्तरण विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुतिका साथै छलफल हुनेछ ।

दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । सोमबार गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने छ । महानगरको विभिन्न स्थानबाट एक्स्पो आउन जानका लागि सटल बसको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]

५ साउन, काठमाडौं । बिल लिने बानीलाई प्रोत्साहन दिन सरकारले नगद पुरस्कार योजना ल्याएको छ । अर्थ मन्त्रालयले “करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३” जारी गरी यो व्यवस्था लागू गरेको हो । योजनाअनुसार हरेक दिन एक जना उपभोक्ताले १ लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई पटक हुने बम्पर उपहारमा दुई जनाले […]