२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

एक्स्पो आइतबारसम्म सञ्चालन हुने

Logo
प्रकाशित मंगलबार, पुष ०५, २०७९

विराटनगर, पुस ५
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ ।

एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुलेलले मन्द भएको व्यवसाय एक्पोका कारण चलायमान भएपछि व्यवसायी र उपभोक्ताहरूकै आग्रहमा पुस १० गतेसम्मलाई अवधि थप गरिएको जानकारी दिए ।

यस अघि मंसिर २९ गते देखि पुस ६ गते सम्म एक्स्पो आयोजना हुने जनाइएको थियो । एक्स्पोमा दैनिक जसो अवलोकन गर्नेहरूको संख्या बढ्दै गएको छ । एक्स्पोका सहभागी कम्पनीहरूले आफ्ना उत्पादनमा छुटको व्यवस्था गरेका छन् । छुट तथा विभिन्न आकर्षक अफरहरूका कारण एक्स्पो भ्रमणका लागि आउने आगन्तुक तथा उपभोक्ताहरू प्रदर्शनीमा राखिएका उत्पादनहरू खरिद गर्न उत्साहित देखिएका छन् ।
एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । बुधबार नीतिगत सबलीकरणमा जनशक्ति विकासको विद्यमान परिवेश र लेखाजोजा, नेपालको ऊर्जा नीतिका असमञ्जसता : औद्योगिकीकरणलाई टेवा कि कच्चा पदार्थको निर्यात ? तथा प्रदेशमा पर्यटनको उज्यालो सम्भावना शीर्षकमा कार्यपत्र प्रस्तुतिका साथै छलफल गरिने छ ।

त्यसैगरी, दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । बुधबार विराट एक्स्पो सिगिङ आइडल प्रतियोगिताको फाइनलका साथै र्यापर डंग र गायीका इन्दिरा जोशीको प्रस्तुति रहेको छ । साँझमा हुने साँगीतिक कार्यक्रममा युवायुवतीको उल्लेखीय उपस्थिति हुने गरेको छ ।
दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]