११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

सन्दर्भः क्रिसमस–डे(२५ डिसेम्वर)संसारभर हर्षोल्लासका साथमा मनाउने तयारी

Logo

विराटनगर, पुष ६
निरज बस्नेत
यूरोपियन राष्ट्रमा अक्सर क्रिश्चियन धर्म मान्नेको संख्या अत्यधिक छ । क्रिश्चियन धर्मावलम्वीहरुले हर्षोल्लासका साथमा मनाइने गरेको क्रिसमस–डे प्रत्येक बर्ष २५ डिसेम्वरमा संसारभर मनाइन्छ ।

क्रिसमस यस्तो चाड हो, जुन चाड विश्वभरका मानिसले इन्जोय गरी मनाउँछन् । प्रायः त यूरोप मुलुकमा यसलाई भव्य–सव्य पाराले मनाइने गरेको छ ।

नेपालमा पनि क्रिसमस–डे को दिनमा नेपाल सरकारले आउँदो आइतवार सार्वजनिक विदा दिएको छ ।

विराटनगर–१२ कोशी प्रोजेक्टका रुद्र काजी खड्काकी छोरी क्रिश्माको जन्म दिन पनि क्रिसमस–डे का दिनमा नै हो । विराटनगरकै एक निजी अस्पतालमा एक दशक अघि खड्काकी छोरी क्रिश्माको जन्म भएको थियो । यस खड्का परिवारले यही भएर क्रिसमस–डे लाई दशै जस्तै मनाउँने गरेको छ ।

क्रिश्माका हजुरवुवा हरि एवं हजुरआमा तथा ममी राधिका समेतको प्रत्यक्ष जमघटमा यो परिवारले यस दिनलाई मनभित्रैवाट रमाइलो गर्ने गर्दछन् । मिठा–मिठा परिकारमा टर्कीको मासु, पुलाउ लगायत अन्य पेय पदार्थको साथमा छरछिमेक, साथीभाई घरमै बोलाई छोरी क्रिश्माको बर्थ–डे सँगसँगै क्रिसमस–डे लाई सँगै आत्मसाथ गर्दे फेष्टिभ मूडमा इन्जोय गर्ने कुरा क्रिश्माका फादर रुद्र बताउछन् ।

उर्लावारी मोरङका ट्याम्पु चालक संजीव सुनुवार श्रीमती निमाका साथमा आफ्नै ट्याम्पु मै सररर हुँइकिइ उर्लावारी बजार परिक्रमा गरी आफ्नै गाउँघरमै परिवारकै साथमा दिनभरी रमाइलो गर्छन् र साझमा ससुराली धरानतर्फ गई रमाइलो गर्ने गरेको सुनुवार बताउँछन् ।

धरानकै स्थानीय युट्युवर इन्द्र लिम्वू बगरकोट घर भएतापनि घरवाहिर गएर मिठामिठा पकवान खाई साथीभाईसँग मनाउँनमा खुशी हुन्छन् । लिम्वू भन्छन् साथीभाईको खुशी नै मेरो खुशी हो । तसर्थ बर्षमा एकदिन आउँने क्रिसमसलाई राम्रै पाराले सेलिब्रेट गर्छन् । लिम्वू यसअघि हिन्दू धर्म नै मान्दथे ।

इन्द्रकी जीवनसंगिनी अन्जु, छोरा एलेक्स, र छोरी एलिजा सहीतको चारजनाको परिवारमा काका उस्ताद समेतको संलग्नतामा साझमा चाही घरमा खानपिन गरी क्रिसमस मनाउँने गरेको स्वं लिम्वूले जनचर्चालाई बताएँ ।

धरान–५ का युवा समाजसेवी प्रकाश लिम्वू बौद्दिक सर्कलका असल व्यक्तित्व भएकै कारण भलादमी पाराले क्रिसमसको लाभ उठाउँनेमा छन् । यिनको घरमा कम्तिमा २० जना भन्दा बढीको उपस्थितीमा रमाइलो हुने गरेको प्रकाशका साथीहरु दावी गर्छन् ।

रेल्वे धरानका विनोद रसाइली उर्फ जुरेलीको केही महिना अघि एक छोरीको जन्म भएको छ । यसलाई यसै मेसोमा क्रिसमस–डे मनाउँने र सवैसँग खुशी साटासाट गर्ने मेलोमा जुरेली छन् ।

विराटनगरको भाटभटेनी लगायत देशैभरिका अन्य भाटभटेनी पनि क्रिसमसकै लागि झकिझकाउँ भईसकेका छन् । मल्टिप्लेक्स सिटी सिनेमा जुन विराटनगरको तिनपैनीमा अवस्थित छ । यहाँ समेत रु १५० मा फिल्म देखाइने व्यवस्था क्रिसमसकै अवसरमा जुरेको हो । यसअघि रु ३०० सम्म मुवीको पर्दथ्यो ।

बजारमा खुलेका असरल्ल पसलहरुमा विविध किसिमका योजनाहरु ग्राहक तान्न ल्याइएको छ । समग्रमा नेपालमा समेत क्रिसमसले धेरैलाई रमाइलो गर्ने बहाना या भनौ अवसर जुराइदिने निश्चित छ । अझ क्रिसमसको दिनमा दिएको सार्वजनिक विदाको धेरैले सही सदूपयोग गर्ने पक्कै पनि देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]