३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

एउटै नोटमा दुइवटा फरक नम्वर

Logo

विराटनगर, पुष ७
निरज बस्नेत
विराटनगरमा दुइवटा नम्वर अंकित रु १० को नोट फेला परेको छ । खासमा प्रत्येक नोटमा एउटै नम्वर हुनुपर्छ । नोटको दायाँ–बायाँ सिरियल नम्वर अनुसार एउटै नम्वर हुनैपर्छ । अन्यथा भएमा त्यो नोट मान्य हुदैन । जुन कुराको जानकारी कानुनका ज्ञाता राज बस्नेत बताउँछन् ।

बस्नेतका अनुसार फरक नम्वर भएको यस्तो नोट चलनचल्तीमा ल्याउनु पनि कानुनतः अपराध मानिन्छ । जानाजान यसरी कसैले यस्तो काम गरेमा प्रचलित कानुन बमोजिम सजायको भागीदार बन्नुपर्ने हुन्छ ।

सामान्यतया नोटमा अंकित नम्वर दुवैतर्फ(दायाँ–बाया) सही छ की गलत छ यस्तो हेर्ने कसैलाई फूर्सद नै देखिदैन । या भनौ प्रायः ले जरुरी नै सम्झिदैनन् । मूलतः आफूले प्रयोगमा ल्याएको नोट के कस्तो छ, व्यक्ति आफै चनाखो भएर हेर्नुपर्ने हुन्छ ।

रु १० को नोट सामान्य जस्तो लागेतापनि यसलाइ हलुका नै सम्झिहाल्नुचाही हुन्न भन्छन् कानुनका ज्ञाता मध्येका एक बस्नेत, उनी थप्छन् भूलचुकमा भएको भए मान्य हुने र जानाजान गरेको भए दण्डनीय हुने बताउँछन् ।

यो रु १० को नोट विराटनगर–७ को एक किराना पसलबाट युवा नितेष क्षेत्रीले फेला पारेका हुन् । उनले उक्त पसलमा किराना केही आइटम किनेर सरासर घर आएँ । र, भोलीपल्ट गोजी छाम्दा यो नोट नियालेर हेर्दा यस्तो दुईवटा फरक–फरक नम्वर भएको उक्त नोट फेला परेको पत्तो पाएँ ।

खासमा यो रु १० को नोट हेर्दा दुइवटा रु १० को आधा–आधा नोट जोडेको नै हो की जस्तो पनि देखिन्छ ।यो नोटमा सेलो टेप चाही टासिएँको छ ।यो नोट हेर्दा दुइवटा फरक–फरक रु १० को नोटको एक–एक भाग मिलाएर टाँसेको हो की जस्तो पनि देखिन्छ । तर नोटको मामलामा प्रतिकृया दिने निकाय भने चाही नियामक निकाय या भनौ सम्वन्धित निकाय अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक नै हो । तसर्थ यथार्थता सरोकारवाला निकायले नै भोलीको दिनमा प्रष्ट पार्लान् ? , सि. नं. ६५३७३६ र सि. नं. १५८०३२ नोटको दायाँ–बायाँ रहेको छ । यो नोट हाम्रो कार्यालयमा सुरक्षित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]