११ कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

एउटै नोटमा दुइवटा फरक नम्वर

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

विराटनगर, पुष ७
निरज बस्नेत
विराटनगरमा दुइवटा नम्वर अंकित रु १० को नोट फेला परेको छ । खासमा प्रत्येक नोटमा एउटै नम्वर हुनुपर्छ । नोटको दायाँ–बायाँ सिरियल नम्वर अनुसार एउटै नम्वर हुनैपर्छ । अन्यथा भएमा त्यो नोट मान्य हुदैन । जुन कुराको जानकारी कानुनका ज्ञाता राज बस्नेत बताउँछन् ।

बस्नेतका अनुसार फरक नम्वर भएको यस्तो नोट चलनचल्तीमा ल्याउनु पनि कानुनतः अपराध मानिन्छ । जानाजान यसरी कसैले यस्तो काम गरेमा प्रचलित कानुन बमोजिम सजायको भागीदार बन्नुपर्ने हुन्छ ।

सामान्यतया नोटमा अंकित नम्वर दुवैतर्फ(दायाँ–बाया) सही छ की गलत छ यस्तो हेर्ने कसैलाई फूर्सद नै देखिदैन । या भनौ प्रायः ले जरुरी नै सम्झिदैनन् । मूलतः आफूले प्रयोगमा ल्याएको नोट के कस्तो छ, व्यक्ति आफै चनाखो भएर हेर्नुपर्ने हुन्छ ।

रु १० को नोट सामान्य जस्तो लागेतापनि यसलाइ हलुका नै सम्झिहाल्नुचाही हुन्न भन्छन् कानुनका ज्ञाता मध्येका एक बस्नेत, उनी थप्छन् भूलचुकमा भएको भए मान्य हुने र जानाजान गरेको भए दण्डनीय हुने बताउँछन् ।

यो रु १० को नोट विराटनगर–७ को एक किराना पसलबाट युवा नितेष क्षेत्रीले फेला पारेका हुन् । उनले उक्त पसलमा किराना केही आइटम किनेर सरासर घर आएँ । र, भोलीपल्ट गोजी छाम्दा यो नोट नियालेर हेर्दा यस्तो दुईवटा फरक–फरक नम्वर भएको उक्त नोट फेला परेको पत्तो पाएँ ।

खासमा यो रु १० को नोट हेर्दा दुइवटा रु १० को आधा–आधा नोट जोडेको नै हो की जस्तो पनि देखिन्छ ।यो नोटमा सेलो टेप चाही टासिएँको छ ।यो नोट हेर्दा दुइवटा फरक–फरक रु १० को नोटको एक–एक भाग मिलाएर टाँसेको हो की जस्तो पनि देखिन्छ । तर नोटको मामलामा प्रतिकृया दिने निकाय भने चाही नियामक निकाय या भनौ सम्वन्धित निकाय अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक नै हो । तसर्थ यथार्थता सरोकारवाला निकायले नै भोलीको दिनमा प्रष्ट पार्लान् ? , सि. नं. ६५३७३६ र सि. नं. १५८०३२ नोटको दायाँ–बायाँ रहेको छ । यो नोट हाम्रो कार्यालयमा सुरक्षित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]