३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

भगवान् रामको साक्षात् दर्शन गर्न जानैपर्ने रामधुनी मन्दिर

Logo

निरज बस्नेत
रामधुनी, पुष १६
सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको ऐतिहासिक रामधुनी मन्दिरमा जो कोही एकपटक दर्शन गर्न जानै पर्ने हुन्छ । यो भनाईमा हो मा हो मिलाउँदै विराटनगरकी जमुना बस्नेत लगायत अन्यको समेत एकमत छ । वास्तवमै यो मन्दिर छ नै यस्तो , जहाँ साक्षात् राम भगवान् कै दर्शन पाएको अनुभूति मिल्छ ।

त्रेतायुगमा भगवान् राम यसै ठाउँमा आई धुनी बाली बसेको धार्मिक मान्यता रहेको पाइन्छ । यही कारण पनि यस मन्दिरको नामाकरण रामधुनी मन्दिर राखिएको जनविश्वास रहदै आएको पाइन्छ । यसमा तरहराकी जानकी गिरी समेत सहमत राख्छिन् । गिरी प्राय विकेण्डमा सपपरिवार रामधुनी मन्दिर आएको स्मरण गर्छिन् ।

विराटनगरबाट लगभग ४५ किमीको दूरीमा रहेको यो मन्दिरमा असंख्यक भक्तजनहरुको आस्था रहेको पाइन्छ । २२ हेक्टर जमिनमा फैलिएको यो पवित्र स्थलमा वरिपरी रहेको वनजंगलको भागमा पिकनिक खेल्न आउनेको त्यस्तै भीडभाड हुने गर्दछ । वास्तवमै अहिले झन् पिकनिकको नै सिजन रहेको छ ।

आज यस मन्दिरमा पुग्दा टाढा–टाढा बाट पिकनिक खेल्न आउनेको राम्रै भीडभाड देखियो । यसै मेसोमा पिकनिक मै आएकी विराट चौककी विजयता काफ्ले औधी रमाएको हामीलाई समेत महसुस भयो । यिनै काफ्ले भन्छिन् म, लगायत हाम्रो ४० जनाको टोली पिकनिक खेल्न आएका छौ । धेरै नै रमाइलो गर्देछौ । साथै विहानै रामधुनी मन्दिरको समेत दर्शन गर्यौ । मनमा एकप्रकारको बेग्लै आनन्दभूति मिलिरहेको छ, उनी रमाइलो पाराले गफिदै सुनाउँछिन् ।

यस्तै तर अलिक फरक अनुभव धरानकी सनम भुजेलको रह्यो । ४–५ पटक सनम यहाँ आइसकेकी रहिछन् । आज त झन् ब्वाइफ्रेण्डसँग आएको मस्किदै, रौसिदै बताउन भ्याइन् , भन्छिन् यसै ठाउँको दर्शन प्रथमपटक गर्न आउँदा हाम्रो यहाँ लभ पर्या थियो । सनम इन्जोय हुदै हामीसँग गफिन्छिन् । अनि फेरी दुई मिली आज आउँदा मन देखी सुखानूभुतिको फिल भएको यो जोडीले एक स्वरमा जानकारी गरायो ।

यो ठाउँ छ नै हरकोहीलाई एक साथमा बाधिदिने । यस मामलामा यहाँस्थित व्यापार–व्यवसाय पसल चलाइरहेकाहरुको अनुभवले नै क्लियर पार्दछ । धेरै जोडी बनेर झगडा गर्दे आउँछन् । तर, एक्कासी यहाँ आएपछि यहाँको हावापानीले, त्यो झगडा अन्ततः मिलनमा परिणत गराइदिन्छ । एकप्रकारले यसलाई उनीहरु रामधुनी कै शक्ति मान्न समेत पछि हट्दैनन् ।

आज यस ठाउँको समग्र विकासमा सरोकारवाला निकाय गैरजिम्मेवार बनिदिदा धेरै हदसम्म यहाँ घुम्न आउँनेको संख्यामा कमी नै देखिन्छ । यसतर्फ सम्वन्धित निकाय जिम्मेवार बन्नु अति जरुरी हुनजान्छ भन्छन् एक टुकटुके चालक श्याम यादव, यादव आक्रोसित समेत हुदै भन्छन्, भेटीको , चन्दाको नाममा मनग्गै पैसा उठ्छ । तथापि यही मन्दिरबाट उठेको रकम यही मन्दिरको विकासमा आखिर खर्च किन गरिदैन । प्रश्न जति गम्भिर छ, त्यति नै सोचनिय समेत छ ।

स्थानीय निकाय, प्रदेश सरकार एवं केन्द्र सरकार, यी तिनै तहको सरकारले उत्तिसारो चासो नबनिदिदा यस ठाउँले अझैसम्म काँचुली फेर्न नसकेको यथार्थ हो ।

झुम्का चोकबाट यस ठाउँ पुग्न, अटो एवं सिटीको व्यवस्था छ । एक व्यक्ति बराबर रु १०० पर्छ । यहाँबाट चाही ११ किमी उत्तर–पश्चिममा यो मन्दिर अवस्थित छ । पक्की, ग्राभिल, धुलाम्मे मिक्स टाइपको छ । बेलैमा ध्यान दिएर यसको विकासमा ध्यान दिने हो भने यो ठाउँ पर्यटन हवको रुपमा परिणत हुनसक्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]