३० भाद्र २०८२, सोमबार
15-09-2025 , Mon
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

भगवान् रामको साक्षात् दर्शन गर्न जानैपर्ने रामधुनी मन्दिर

Logo
प्रकाशित शनिबार, पुष १६, २०७९

निरज बस्नेत
रामधुनी, पुष १६
सुनसरीको रामधुनी नगरपालिका–४ मा रहेको ऐतिहासिक रामधुनी मन्दिरमा जो कोही एकपटक दर्शन गर्न जानै पर्ने हुन्छ । यो भनाईमा हो मा हो मिलाउँदै विराटनगरकी जमुना बस्नेत लगायत अन्यको समेत एकमत छ । वास्तवमै यो मन्दिर छ नै यस्तो , जहाँ साक्षात् राम भगवान् कै दर्शन पाएको अनुभूति मिल्छ ।

त्रेतायुगमा भगवान् राम यसै ठाउँमा आई धुनी बाली बसेको धार्मिक मान्यता रहेको पाइन्छ । यही कारण पनि यस मन्दिरको नामाकरण रामधुनी मन्दिर राखिएको जनविश्वास रहदै आएको पाइन्छ । यसमा तरहराकी जानकी गिरी समेत सहमत राख्छिन् । गिरी प्राय विकेण्डमा सपपरिवार रामधुनी मन्दिर आएको स्मरण गर्छिन् ।

विराटनगरबाट लगभग ४५ किमीको दूरीमा रहेको यो मन्दिरमा असंख्यक भक्तजनहरुको आस्था रहेको पाइन्छ । २२ हेक्टर जमिनमा फैलिएको यो पवित्र स्थलमा वरिपरी रहेको वनजंगलको भागमा पिकनिक खेल्न आउनेको त्यस्तै भीडभाड हुने गर्दछ । वास्तवमै अहिले झन् पिकनिकको नै सिजन रहेको छ ।

आज यस मन्दिरमा पुग्दा टाढा–टाढा बाट पिकनिक खेल्न आउनेको राम्रै भीडभाड देखियो । यसै मेसोमा पिकनिक मै आएकी विराट चौककी विजयता काफ्ले औधी रमाएको हामीलाई समेत महसुस भयो । यिनै काफ्ले भन्छिन् म, लगायत हाम्रो ४० जनाको टोली पिकनिक खेल्न आएका छौ । धेरै नै रमाइलो गर्देछौ । साथै विहानै रामधुनी मन्दिरको समेत दर्शन गर्यौ । मनमा एकप्रकारको बेग्लै आनन्दभूति मिलिरहेको छ, उनी रमाइलो पाराले गफिदै सुनाउँछिन् ।

यस्तै तर अलिक फरक अनुभव धरानकी सनम भुजेलको रह्यो । ४–५ पटक सनम यहाँ आइसकेकी रहिछन् । आज त झन् ब्वाइफ्रेण्डसँग आएको मस्किदै, रौसिदै बताउन भ्याइन् , भन्छिन् यसै ठाउँको दर्शन प्रथमपटक गर्न आउँदा हाम्रो यहाँ लभ पर्या थियो । सनम इन्जोय हुदै हामीसँग गफिन्छिन् । अनि फेरी दुई मिली आज आउँदा मन देखी सुखानूभुतिको फिल भएको यो जोडीले एक स्वरमा जानकारी गरायो ।

यो ठाउँ छ नै हरकोहीलाई एक साथमा बाधिदिने । यस मामलामा यहाँस्थित व्यापार–व्यवसाय पसल चलाइरहेकाहरुको अनुभवले नै क्लियर पार्दछ । धेरै जोडी बनेर झगडा गर्दे आउँछन् । तर, एक्कासी यहाँ आएपछि यहाँको हावापानीले, त्यो झगडा अन्ततः मिलनमा परिणत गराइदिन्छ । एकप्रकारले यसलाई उनीहरु रामधुनी कै शक्ति मान्न समेत पछि हट्दैनन् ।

आज यस ठाउँको समग्र विकासमा सरोकारवाला निकाय गैरजिम्मेवार बनिदिदा धेरै हदसम्म यहाँ घुम्न आउँनेको संख्यामा कमी नै देखिन्छ । यसतर्फ सम्वन्धित निकाय जिम्मेवार बन्नु अति जरुरी हुनजान्छ भन्छन् एक टुकटुके चालक श्याम यादव, यादव आक्रोसित समेत हुदै भन्छन्, भेटीको , चन्दाको नाममा मनग्गै पैसा उठ्छ । तथापि यही मन्दिरबाट उठेको रकम यही मन्दिरको विकासमा आखिर खर्च किन गरिदैन । प्रश्न जति गम्भिर छ, त्यति नै सोचनिय समेत छ ।

स्थानीय निकाय, प्रदेश सरकार एवं केन्द्र सरकार, यी तिनै तहको सरकारले उत्तिसारो चासो नबनिदिदा यस ठाउँले अझैसम्म काँचुली फेर्न नसकेको यथार्थ हो ।

झुम्का चोकबाट यस ठाउँ पुग्न, अटो एवं सिटीको व्यवस्था छ । एक व्यक्ति बराबर रु १०० पर्छ । यहाँबाट चाही ११ किमी उत्तर–पश्चिममा यो मन्दिर अवस्थित छ । पक्की, ग्राभिल, धुलाम्मे मिक्स टाइपको छ । बेलैमा ध्यान दिएर यसको विकासमा ध्यान दिने हो भने यो ठाउँ पर्यटन हवको रुपमा परिणत हुनसक्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

५ साउन, काठमाडौं । आज साउन महिनाको प्रारम्भिक सोमबार, देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। हिन्दू धर्मावलम्बीहरू साउनका सोमबारहरूलाई भगवान शंकरको विशेष दिन मानेर उपवास बसी पूजाअर्चना गर्ने परम्परा छ। यो वर्ष साउनमा जम्मा चार सोमबार परेका छन्। व्रतालुहरूले बिहान स्नान गरी शिवलिंगमा जल, दूध अर्पण गर्छन् र बेलपत्र, धतुरा, फूलफल चढाएर पूजा गर्छन्। […]

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]