०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा स्वतन्त्र भन्सार प्रतिनिधि संगठन विस्तार

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

निरज बस्नेत
विराटनगर, माघ ४
विराटनगरमा कार्यरत एकीकृत भन्सार प्रतिनिधिहरुले संगठन विस्तार मंगलवार गरेका छन् ।

विराटनगरस्थित पूरानो स्वागतम् होटलमा सो कार्यक्रम गरिएको थियो । संगठनको अध्यक्षमा सर्वसम्मत रुपमा नवलप्रसाद उपाध्याय चयन भएँ ।

मंगलवार सम्पन्न साधारणसभाले उपाध्यायको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति पनि गठन गर्यो ।

समितिको उपाध्यक्षद्दयमा शरण खरेल र राकेश कुमार ठाकुर चयन भएँ । सचिवमा संजय दुगड, सह–सचिवद्दयमा अरविन्द ठाकुर र तारा शाही चयन गरिएँ । कोषध्यक्षयमा सुनिल पोद्दार अटाएँ ।

त्यस्तैगरी सदस्यहरुमा, ललित बोहोरा, रामभरोसीप्रसाद गुप्ता, उद्दव भट्टराई, निरन्जन अग्रवाल, वसन्त जैन, सन्जिव भगत र किरण कुमार साह रहेका छन् ।

भंसार प्रमुख अधिकृत ताराप्रसाद सापकोटाको प्रमुख उपस्थितीमा सम्पन्न भएको सो कार्यक्रममा तीन दशकदेखी काम गरिरहेका भंसार प्रतिनिधिहरु सम्मिलित गरेर स्वतन्त्र भंसार प्रतिनिधि संगठन विस्तार गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]

काठमाडौं , मंसिर १५। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन उच्च अधिकारीलाई बैंकिङ कसुर र कर्जा दुरुपयोगको आरोपमा पक्राउ गरेको छ। सोमबार बिजुलीबजारस्थित बैंकको प्रधान कार्यालयबाट पक्राउ गरिएकामा सीईओ शेरचनसहित नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ रहेका छन्। सीआईबीले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्र […]