१८ आश्विन २०८३, आइतबार
04-10-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगर, उर्लाबारी र विर्तामोडमा लगालग महोत्सव

Logo

निरज बस्नेत, खेम पौडेल
विर्तामोड, माघ ८
नेपालको पुर्वी दक्षिणी भेगमा रहेको व्यापारीक नगरहरु मोरङको विराटनगर, उर्लाबारी र झापाको विर्तामोडमा लगालग ठुल्ठूला औद्योगिक तथा व्यापारीक मेला आयोजना हुदैछ ।

विराटनगरमा नेपाल उद्योग परिसंघ (सिएनआई)ले माघ १९ गते देखि २८ गतेसम्म सिएनआई कोशी एक्स्पोको आयोजान गर्दै छ । त्यसैरी उर्लावारी नगरपालिकामा माघ २१ देखी औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव – २०७९ को अयोजना हुदैछ । आयोजक उर्लाबारी उद्योग वाणिज्य संघका अनुसार यो महोत्सव ९ दिनसम्म संचालन हुने बताईएको छ ।
त्यसैगरी झापाको विर्तामोडमा पनि बिर्तामोड उद्योग वाणिज्य संघले फागुनको पहिलो साता बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ आयोजना गर्ने तयारी गरेको छ । यो महोत्सव फागुन ५ गतेदेखि १५ गतेसम्म चल्ने बताईएको छ ।

विराटनगर र विर्तामोडमा हुन लागिएको महोत्सवलाई अन्तर्राष्ट्रियस्तरको भनिएको छ र उर्लावारी हुने महोत्सवलाई  आयोजकले प्रादेशिकस्तरको महोत्सव भनेको छ । विराटनगरमा हुने सिएनआई एक्स्पोमा ३५०, उर्लाबारीमा हुने महोत्सव मा १७० , र विर्तामोडमा हुने महोत्सवमा २५० व्यापारीक स्टलहरु रहने बताईएको छ ।

तिनै महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यापारीक स्टल हरुको समेत सहभागिता रहनेछ । त्यसैगरी यी महेत्सवहरुमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति, फेसनसो तथा विविध सांस्कृतिक कार्यक्रम रहने बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]