१६ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा सिएनआई कोशी महोत्सव

Logo

निरज बस्नेत
विराटनगर, माघ ८
प्रदेश नं. १ नेपाल उद्योग परिसंघले आगामी १९ माघ देखी २८ माघसम्म गरी १० दिनसम्म विराटनगरमा अन्तराष्ट्रिय महोत्सवको आयोजना गर्देछ ।

महोत्सवमा ३५० भन्दा बढी स्टलहरु रहने कुराको जानकारी सिएनआई प्रदेश १ का निर्देशक विजयहरि शर्माले दिएँ । शर्माका अनुसार यस महोत्सवमा कृषि एवं औधोगिक प्रविधि र वस्तुहरुको प्रदर्शनी गरिने छ । साथै योग्य वस्तुहरुलाई अलग–अलग पभेलियनमा राखिने छ । त्यस्तैगरी महोत्सवमा अटो, व्यापार, घरेलु तथा साना उद्योगका स्थानीय उत्पादनका सामाग्री राखिने भएको छ ।

सांस्कृतिक कार्यक्रमले महोत्सवमा थप उर्जा थप्ने आयोजकको विश्वास छ । सौर्य मण्डलको अवलोकन गर्ने अवसर पनि मिल्नेछ । संस्थागत र व्यक्तिगत फर्मले स्टल बुक गरिरहेको आयोजकको दावी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोमा सञ्चालन भइरहेको थिमेटिक सेसनअन्तर्गत शनिबार पछिल्लो कर संरचना, जेनजी आन्दोलनपछिको अवस्था र समसामयिक वातावरणमा उद्योग, व्यापार तथा व्यवसायको भविष्य विषयमा गहन छलफल गरिएको छ । ‘जेनजी आन्दोलनपछिको व्यापार-व्यवसाय : के भयो, के हुनुपर्थ्यो र अबको बाटो’ शीर्षकको सत्रमा निजी क्षेत्र, नीति निर्माण तह,तथा उद्योगी व्यवसायीले र योजनाविद्हरूले आ-आफ्ना […]

विराटनगर, पुष १३ । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो ।   छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र […]