२९ आषाढ २०८१, शनिबार
13-07-2024 , Sat

उर्लावारीमा प्रादेशिक महोत्सव लाग्दै…

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

निरज बस्नेत
उर्लावारी, माघ ८
मोरङको दोस्रो ठूलो महत्वपूर्ण शहर उर्लावारीमा प्रादेशिक महोत्सव लाग्ने भएको कुरा उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीले जानकारी गराएका छन् । अध्यक्ष भण्डारीका अनुसार यही माघ २१ गतेदेखी २८ गतेसम्म महोत्सव लाग्ने छ ।

यता महोत्सव समितिका संयोजक भरत भट्टराईका अनुसार महोत्सव कृषि तथा पर्यटन क्षेत्रलाई प्रवद्र्दनका खातिर लाग्नेछ । ९ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय कलाकारको साथमा स्थानीय कलाकारले समेत आफ्नो प्रस्तुती दिने छन् ।

उर्लावारीमा हुने यो महोत्सव प्रादेशिकस्तरको हुनेछ । महोत्सवमा १७० बढी स्टल रहने छ । महोत्सवमा नेपाल, भारत, बंगलादेश, पाकिस्तानका व्यापारिक स्टलहरु रहनेछन् ।

स्टल बुकिङको काम धमाधम चलिरहेको छ । महोत्सवलाई भव्य–सव्य बनाउँन संयोजक भट्टराई अहोरात्र खटिरहेका छन् । सवैको सामूहिक मिहिनेतमा महोत्सव सफल हुने कुरामा आयोजक समिति ढुक्क छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१६ असार । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ बढाइएको जनाएको छ । अब काठमाडौं, पोखरा र दिपायलमा लगायत तेस्रो वर्ग अन्तर्गत पर्ने क्षेत्रमा […]

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन सम्म चल्ने मेलामा नेपाल,भारतमा उत्पादन भएका विभिन्न सामाग्री राखिएको छ । यस्तै मेलामा कोदाको मःम लगायत विभिन्न […]

विराटनगर, असार २ । एन एम वि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अबसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहप्रद सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा कूल ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेको कार्यक्रम […]