१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

मानवमा वाणी तथा ज्ञानको अभाव भएपछि देवी “सरस्वती” उत्पत्ती गरियाे : बिष्णु पुराण

Logo
प्रकाशित बिहिबार, माघ १२, २०७९

काठमाडौं, माघ ११

आज बसन्त पन्चमि, बसन्त रीतु को पांचौ दिन । र एउटा सबै भन्दा महत्वपूर्ण दिन,हिन्दु धर्मावलम्बीकी देवि  सरस्वति माताको जन्म जयन्ती । देशका विभिन्न बिध्यालय तथा पाठशालाहरुमा आजको दिन माता सरस्वतीको पूजा आरधना गरी मनाइन्छ। कथन सुरु गरौं माता सरस्वतीको एक अति नै पृय बन्दना बाट जुन प्राय वेदिक पाठबाट सुरु र अन्त्य हुन्छ ,जसकाे प्रार्थना सदैब गर्दा अपार ज्ञान तथा बुद्धि प्राप्त हुने मान्यता रहेको छ । “ॐ सर्स्वती नमोस् नमह :। ॐ श्री सरस्वती देब्य नमो:हं ।”

श्री बिष्णु पुराणका अनुसार , सृष्टिकर्ता ब्रह्मले यो ब्रह्माण्डमा सबै कुराको उत्पति पश्चात मानब जातीमा बाणी तथा ज्ञानको अभाव महसुस गर्नु भयो र श्री बिष्नु भगवानलाई उहाँले सो कुरा बताउनु भयो। त्यसपछि श्री बिष्णु भगवानले ब्रह्मा जिलाइ भन्नु भयो, ‘जब कि यस जगतको सृष्टिकर्ता नै तपाई हुनुन्छ भने यस्को रचना पनि तपाइ बाट नै सम्भव छ।’ यति सुनिसकेपछि सृष्टिकर्ता ब्रह्मा जि ले माता सर्स्वतीको उत्पत्ति गर्नु भयो।

श्री माता सरस्वतीलाई चार हातको स्वरुपका साथ मन,बुद्धि ,चेतना र अहमता सहितको चित्रण गरीएको छ। हिन्दुधर्म अनुसार माता सरस्वतीलाई नवौं दुर्गाको अवतार मध्य एक शक्तिशाली र महत्वपुर्ण अवतार मानिन्छ। यस्तै, सरस्वती शब्द संस्कृत शब्दबाट बनेको हो। जस्मा,सर-को अर्थ सार अथवा अङ्ग्रेजीमा ‘essence’ र स्व-को अर्थ स्वयं अथवा अङ्ग्रेजीमा ‘one-self’ भन्ने लाग्दछ। र दुबै मिलेर ‘essence of oneself’ अर्थात ‘आफैको सार’ भन्ने बुजाउछ ।श्री माता सरस्वतीलाई ज्ञानकी खानी र बुद्धिकी भण्डारका साथै वेद तथा जनशक्तिको स्रोतको रूपमा चिनिन्छ । माता सरस्वतीलाई हाम्रो देशमा मात्र नभई भारत,थाइल्यान्ड ,कम्बोडिया र इन्डोनेसिया जस्ता अन्य देशहरु मा पनि कला,भाषा र सिकाइको देवीको रूपमा पनि पूजा गर्दछन्। त्यस्तै,जापानीज बुद्ध धर्मकी देवी बेन्जातेन पनि माता सरस्वतीकी एक रुप रहेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

काठमाडौँ– १३ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।