२२ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
Gold Silver Price (19 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192600
Silver 1 Tola Nrs. 2185

एक्स्पोमा “भोजपुरे खुकुरी” पनि प्रदर्शन हुने

Logo
प्रकाशित आइतबार, माघ १५, २०७९

विराटनगर, माघ १५
विराटनगरमा माघ १९ देखि शुरु हुने सिएनआई एक्स्पोमा घरेलु तथा साना उद्योगका ७२ स्टहहरु रहने भएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुलाई एक्स्पोमा विषेश ढंगले प्रवद्धन गरिएको अयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ले जनाएको छ।
विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् ।

ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, ईलामको चकलेट विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, अल्लोको कपडा, मह र विभिन्न जातका फलफुल, अचार र प्याकिङ फुडका यी स्टलहरुमा रहने छन् ।
त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले जनाएको छ । लघु उद्योगबाट उत्पादित भएको क्लिनिङ साबुन, फिनेल, अगरबत्ती, मसला लगायतका सामग्री एक्स्पोमा राख्नीने बताईएको छ ।
सीएनआई कोसी एक्स्पो २०७९ मा कुल चार सयबढि स्टलहरु रहनेछ । एक्स्पो माघ २८ गतेसम्म चल्ने छ । विराटनगर-२ शंकरपुरमा एक्स्पोको तयारी तिब्र पारिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सम्पुर्ण तस्वीरहरु अन्त्यमा समावेश गरिएकाे छ । विराटनगर, असार २० – गत असार ५ गते विराटनगरको महेन्द्रचोकमा उद्घाटन भएको बिरयानी अड्डाले मात्र दुई हप्तामै स्थानीयवासीको मन जित्न सफल भएको छ। काठमाडौंको चर्चित फ्रान्चाइज रेष्टुरेन्टको रुपमा खुलेकाे यो छैठौं शाखाले केही दिनमै उल्लेखनीय सफलता हासिल गरेको छ। संचालिका मोनिका झाका अनुसार यस रेष्टुरेन्टमा दिनहुँ ग्राहकको संख्या […]

विराटनगर १२ असार। विराटनगर महानगरपालिकाले मंगलबार आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाख बराबरको बजेट प्रस्तुत गरेको छ । १६ औं नगरसभामा मंगलबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । उपमेयर कार्कीले प्रस्तुत गरेको बजेटमा प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि […]

विराटनगर, असार १ । उद्योग संगठन मोरङको अध्यक्ष पदमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा राठी  निर्विरोध अध्यक्षमा चुनिएका हुन्। संगठनको ५२ औं साधारणसभा शुक्रबार सम्पन्न भएको थियो। त्यसपछि शनिबार भएको निर्वाचनमा अन्य पदाधिकारीहरू पनि निर्विरोध चुनिएका छन्। निर्वाचित पदाधिकारीहरू वरिष्ठ उपाध्यक्ष: भोलेश्वर दुलाल द्वितीय उपाध्यक्ष: सुरेन्द्र गोल्छा उपाध्यक्ष (कृषि, जलस्रोत, ऊर्जा): […]