२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

सिएनआई एक्स्पोको ‘तिन’ टिकट दर : पचाँस, सय र दई सय

Logo

विराटनगर, माघ १७
विराटनगरको विराट नर्सिङहोम पछाडिरहेको शंकरपुर खेलमैदानमा, यँही माघ १९ गते देखि १० दिनका लागी हुन गईरहेको सिएनआई काेशी एक्स्पाेकाे  टिकट दर सार्वनजिक भएको छ । आयाेजकले सर्त सहित ‘तिन’ थरि दरका टिकटहरु सार्वजनिक गरेकाे छ ।

सर्तसहितका टिकट दरहरु:

शुन्य (निशुल्क)
शैक्षिक भ्रमणको लागी ग्रुपमा आउने विद्यार्थीहरुले निशुल्क एक्स्पो अवोलोकन गर्न पाउने छन् । तर शैक्षिक भ्रमणको लागी विद्यालयले आयोजकसँग पुर्व स्वीकृति लिनुपर्ने सर्त राखिएको छ । शैक्षिक भ्रमणमा कुनै पनि विद्यालयहरुले विद्यार्थिहरु पठाउदा विहानको ९ देखि १२ बजेसम्म पठाईसक्नु पर्नेछ ।

रु ५० पचाँसका टिकट
रु ५० दरका टिकट पनि विद्यार्थिहरुकै लागी हो । यो टिकटमा कुनै पनि विद्यार्थिले साढे तिन बजेसम्म एक्स्पो अवलोकन गर्न पाउनेछन् । यसको लागी आयोजकसँग पुर्वस्वीकृती लिन समेत आवश्यक पर्नेछैन । सो टिकट खरिद गर्नका लागी विद्यार्थी परिचय पत्र देखाउनु पर्ने हुन्छ ।
दिउसोको साढे तिन बजेपछि सो टिकट खरिद गर्न पाईने छैन् । तर सो टिकट खरिद गरि एक्स्पोस्थल प्रवेश गरिसकेकालाई भने साढे तिन बजेपछि पनि निकालिने छैन ।

रु १०० दरका टिकट
रु १०० दरका टिकट सबैको लागी हो । दिउसोको साढे तिन बजेपछि सो टिकट खरिद गर्न पाईने छैन् । तर सो टिकट खरिद गरि एक्स्पोस्थल प्रवेश गरिसकेकालाई साढे तिन बजेपछि पनि निकालिने छैन ।

रु २०० दरका टिकट
दिउसो साढे ३ बजेपछि एक्स्पो अवलोकन गर्न चाहने जो कोहीले पनि रु २०० को टिकट खरिद गर्नु पर्नेहुन्छ ।

टिकटहरु खल्ती एपमार्फत अनलाईन खरिद गर्न सकिने व्यवस्था समेत मिलाईएको छ ।

यी सबै जानकारीहरु जनचर्चा डटकमलाई सिएनआई एक्स्पोका महानिर्देशक विजयहरि शर्माबाट प्राप्त भएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]