२४ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
Gold Silver Price (21 Kartik 2082, FRI)
Fine Gold 1 Tola NRs. 238900
Silver 1 Tola Nrs. 3035

उर्लावारी महोत्सव उद्घाटन मुख्यमन्त्री हिक्मत कार्कीबाट हुने

Logo
प्रकाशित बिहिबार, माघ १९, २०७९

निरज बस्नेत
उर्लावारी, माघ १९
उर्लावारीको शान–उर्लावारी महोत्सवको उद्घाटन शनिवार प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विहान ११ बजे गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक भरत भट्टराइले जानकारी गराएका छन् ।

प्रादेशिक महोत्सव नाम दिइएको यो महोत्सव यही माघ २१ गते देखी शुरु भएर माघ २९ गतेसम्म लाग्ने छ । महोत्सवमा लगभग १७० हाराहारीमा स्टलहरु रहने कुराको जानकारी उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीले बताएँ ।

महोत्सवमा नेपाल लगायत छिमेकी राष्ट्र भारत, पाकिस्तान, बंगलादेश लगायतकाको समेत सहभागिता रहने जनाइएको छ । उर्लावारी नगरपालिका–४ आइतवारे पूर्वपट्टिीको खाली चौरमा महोत्सव हुने कुराको जानकारी महोत्सव सह–संयोजक प्रितम खड्गीले बताएका छन् । २ लाख बढीले महोत्सव अवलोकन गर्ने आयोजकको पूर्वानुमान छ ।

महोत्सवले आन्तरिक पर्यटनलाई प्रत्यक्ष रुपमा टेवा त पुर्याउँछ । साथै कुषि तथा पर्यटनको क्षेत्रमा समग्रमा एककदम अगाडी बढेर थप प्रवद्र्दन गर्ने कुरा उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङको दावी रहेको छ । महोत्सवमा बाल उद्यान, मनोरन्जनका लागि सांस्कृतिक कार्यक्रम, खेल तमासा समेत रहनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]