३० आषाढ २०८३, मंगलबार
14-07-2026 , Tue
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

उर्लावारी महोत्सव उद्घाटन मुख्यमन्त्री हिक्मत कार्कीबाट हुने

Logo

निरज बस्नेत
उर्लावारी, माघ १९
उर्लावारीको शान–उर्लावारी महोत्सवको उद्घाटन शनिवार प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विहान ११ बजे गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक भरत भट्टराइले जानकारी गराएका छन् ।

प्रादेशिक महोत्सव नाम दिइएको यो महोत्सव यही माघ २१ गते देखी शुरु भएर माघ २९ गतेसम्म लाग्ने छ । महोत्सवमा लगभग १७० हाराहारीमा स्टलहरु रहने कुराको जानकारी उर्लावारी उद्योग वाणिज्य संघका अध्यक्ष शेर बहादुर भण्डारीले बताएँ ।

महोत्सवमा नेपाल लगायत छिमेकी राष्ट्र भारत, पाकिस्तान, बंगलादेश लगायतकाको समेत सहभागिता रहने जनाइएको छ । उर्लावारी नगरपालिका–४ आइतवारे पूर्वपट्टिीको खाली चौरमा महोत्सव हुने कुराको जानकारी महोत्सव सह–संयोजक प्रितम खड्गीले बताएका छन् । २ लाख बढीले महोत्सव अवलोकन गर्ने आयोजकको पूर्वानुमान छ ।

महोत्सवले आन्तरिक पर्यटनलाई प्रत्यक्ष रुपमा टेवा त पुर्याउँछ । साथै कुषि तथा पर्यटनको क्षेत्रमा समग्रमा एककदम अगाडी बढेर थप प्रवद्र्दन गर्ने कुरा उर्लावारी उद्योग वाणिज्य संघका महासचिव हेमराज गुरुङको दावी रहेको छ । महोत्सवमा बाल उद्यान, मनोरन्जनका लागि सांस्कृतिक कार्यक्रम, खेल तमासा समेत रहनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

तस्बिर: निर्माणाधीन अरुण तेस्रो दिनेश खड्का । विराटनगर नेपाल विद्युत उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै जाँदा देशको ऊर्जा नक्सामा कोशी प्रदेशको उपस्थिति दिनप्रतिदिन थप बलियो बन्दै गएको छ । केही वर्षअघिसम्म सीमित उत्पादन र पूर्वाधारको अभावका कारण सम्भावनाको प्रदेशका रूपमा मात्र चिनिने कोशी अहिले भने उत्पादन, लगानी, निर्माणाधीन आयोजना र भविष्यका सम्भावनाका हिसाबले देशकै अग्रपंक्तिमा उभिएको […]

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]