०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

‘क्राउड क्रिएटर’ सविन राईले आज शुक्रबार विराटनगर तताउने

Logo
प्रकाशित शुक्रबार, माघ २०, २०७९

माघ २०, विराटनगर
युवा पूस्तामाझ अत्याधिक लोकप्रिय बनेका पप स्टार सविन राईले विराटनगरमा जारी सिएनआई कोसी एक्स्पोमा शुक्रबारको साँझ आफ्नो ऐतिहाँसिक प्रस्तुति दिंदैछन् ।
गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याड फारोहको प्रस्तुतिले विराटनगरका दर्शक उचालिने छन् ।
प्रदेश १ कै सुन्दर शहर धरानबाट संगीतको यात्रा थालेका सविन राईको प्रस्तुतिले कोहिपनि दर्शक स्रोत चुप लागेर बस्ने छैनन् । किनभने उनका हरेक लाइभ कन्सर्ट यति हिट हुन्छन् कि त्यसलाई सविनले ऐतिहाँसिक भन्ने गर्दछन् ।
सविन राईले यसअघि विराटनगर आएर आफ्नो प्रस्तुति दिंदा उनलाई लाइभ सुन्न विराटनगरबाट मात्रै होइन कि नजिकका प्रमुख शहरहरु इटहरी, धरान, उर्लाबारी, दमक, गाईघाट र विर्तामोडसम्मका दर्शक उर्लिएका थिए ।
उत्कृष्ट साउण्ड सिस्टम र लाइटमा उनले दर्शनौं गीतका माध्यमबाट शुक्रबार विराटनगरको सन्ध्याकालिन चिसोलाई पनि भुलाउने छन् । दर्शकहरुले सविनलाई नजिकैबाट लाइभ हेर्नेछन् । उनका लोकप्रिय गीतहरुमा झुमिने छन् ।
गुराँसको फेदमुनी, कोमल त्यो तिम्रो वदनमा, किन कि म, नमूना, म संसार जित्ने आँट गर्दैछु जस्ता गीत उनका फ्यान फलोलर्सहरुका लागि कहिल्यै छुटाउन नमिल्ने गीतभित्र पर्दछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]