१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बैंकका टाई लाउने गुण्डालाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्छौं : दुर्गा प्रसाइँ

Logo

निरज बस्नेत
काठमाडौं, माघ २२
मेडिकल व्यवसायी दुर्गा प्रसाइँ आजभोली निकै आक्रमक अभिव्यक्तिका कारण निकै नै चर्चामा छन् । विर्तामोडको विएण्डसी अस्पतालका संचालक समेत रहेका प्रसाइँ बैंकप्रति निकै नै रुष्ट बनेका छन् । बैंकका टाई लाउने गुण्डालाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने उद्घोष नै गरेका छन् ।

उनले भनेका छन् , देश लुट्ने सवैभन्दा ठूलो लुटेरा बैंकहरु नै हुन् । लकडाउनको समयको प्रसंग निकाल्दै प्रसाइँ भन्छन् , नेपालमा त्यो कठिन समयमा सवै चीज डुव्ने अनि बैंकहरु चाहीँ खुद नाफामा जाने, यहीँ पाराले नेपाली जनतालाई भिखारी बनाउने बैंकहरु नै भएको प्रसाइँको दावी छ ।

यतिमा मात्र यिनी सिमित भएका छैनन् । नाम नै तोकेर नेपालका यी यी बैंकहरु लुटेरा हो समेत भनेका छन् । एनआइसी एशिया बैंक, कुमारी बैंक, प्रभु बैंक, नेविल बैंक, लगायतका बैंकहरु खालि नेपाली जनता लुट्ने अनि कमाएको पैसा विदेशमा थन्काउने भनी गंभीर आरोप बैंकहरु माथि थोपरेका छन् ।

विनोद चौंधरीले केही समय अगाडी श्रीलंकामा समेत बैंक खोलेको र यता नेविल बैंकबाट कमाएको पैसा उतैको बैंकमा जम्मा गरेको समेत प्रमाण आफूसँग भएको प्रसाइँ बताउँछन् । नेपालका प्रायः बैंकहरु ठग भएको उनी तर्क दिदै भन्छन् ।

यिनी सम्मिलित एक कार्यक्रममा एक महिलाले एनआइसि बैंकले आफूलाई गुमराहमा पार्दे लुटेको बताइन् । ती महिला आफ्नो लोग्नेलाई बैंककै कारण हर्टअट्याक आएर मरेको पनि जनाइन् । २ करोडको भ्यालुएसन गर्छ र १ करोड लोन दिन्छ । र, अलिकता किस्ता ढिलो हुनासाथ मर्नु न मार्नुको पार्छ भन्दै प्रसाइँको सामुन्नेमा दुःखेसो पोखिन् । पीडित ती महिलालाई ढाडस दिदै प्रसाइँ भन्छन् चिन्ता नगर्नुस् तपाइँलाई हामी न्याय दिलाउँछौ ।

अभियन्ता समेतको छवि बनाएका प्रसाइँले राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिको जगेर्ना गर्दे मुलुकलाई सही ट्रयाकमा ल्याई छाड्ने समेत प्रतिवद्दता गरेका छन् । यसैको शुरुवातको विगुल यिनकै अगुवाइमा मेची पुलवाट यही फागुन १ बाट हुदैछ । यस सशक्त कार्यक्रममा उनले सवै देशभक्त नेपालीलाई आउँन आव्हान गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]