०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

सीएनआई एक्स्पोमा सोमबारको साँझ मंगोलियन हर्टको प्रस्तुति

Logo

विराटनगर, माघ २३
विराटनगरमा जारी सिएनआई कोसी एक्स्पोलाई अझ सांगीतिक र मनोरञ्नात्मक बनाउन सोमबार साँझ चर्चित ब्याण्ड मंगोलियन हार्ट र उक्त ब्याण्डका स्पन्दन राजु लामाको प्रस्तुति हुने भएको छ । राजु लामा त्यस्ता पपस्टार हुन्, जसले नेपाली म्यूजिकमा पप संगीगलाई उचाईमा पुर्‍याइदिए ।

उनले गाएका ‘नतानु त तानु लाग्ने, बादल पारीको देशबाट, उँभो उँभो खासा म जाँदा, ओइ नाना, सायद तिम्रो बाटोमा, गाजलु टिका, तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ’ जस्ता गीत अहिलेपनि उतिकै चर्चित रहेका छन् ।

राजु लामाले पपसँगै नेपाली संगीतमा २५ बर्ष विताइसकेका छन् । सातवटा बढि एल्बमबाट उनले दर्जनौं गीत स्रोता र दर्शकका लागि दिइसकेका छन् ।
लामा त्यस्ता लोकप्रिय म्यूजिक स्टार हुन्, जसले संगीतमा निरन्तरताको इतिहाँस हुँदैन भन्ने सोचलाई नै परिवर्तन गरिदिएका छन् ।

लामाले विराटनगरकै स्टेजमा सम्भवत् पहिलो पटक प्रस्तुति दिन लागेका हुन् । उनका फ्यानहरुले नै पहिलो पटक राजुलाई स्टेजमा प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिल्न लागेको बताउने गरेका छन् ।
एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले माघ १९ देखि सुरु गरेको एक्स्पो २८ गतेसम्म अर्थात लगातार १० दिनको निरन्तरता दिइरहेको छ ।
पाँचौं दिन सोमबार राजु लामाले आधुनिक नेपाली पप म्यूजिकका लाखौं स्रोतालाई जाँदै गरेको जाडो छिट्टै छुट्ने गरी तताइदिने विश्वास गरिएको छ । एक्स्पोको हरेक साँझहरुमा यसअघिका प्रस्तुतिहरुले पनि रेकर्ड कायम गरिसकेको आयोजकले जनाएको छ ।

एक्स्पोमा टिकट काट्ने समय र टिकटको दरलाई अझ सहज बनाइएको छ । हरेक दिन अपरान्ह साढे ३ बजे पछिको टिकट दर २०० रुपैयाँ रहेकोमा आइतबारदेखि त्यसलाई १०० रुपैयाँ कायम गरिएको हो । अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै टिकट दरलाई व्यवस्थित गरिएको आयोजकको दाबी छ ।
९ कक्षा मुनिका विद्यार्थीहरुका लागि भने उक्त समयभित्र टिकट दर ५० रुपैयाँ कायम गरिएको जनाइएको छ । ९ कक्षा माथिका विद्यार्थी र अरु अवलोकनकर्ताहरुका लागि साँझ साढे ६ बजेपछि भने टिकट दर २०० रुपैयाँ नै रहने छ ।

टिकट काटिसकेका अवलोकनकर्ताहरुले जुनसुकै समयमा पनि प्रवेशद्वारबाट सहज रुपमा एक्स्पो स्थलमा प्रवेश पाउने व्यवस्था गरिएको छ । विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा सीएनआई कोसी एक्स्पो २०७९ जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]