२२ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

बिहीबार ‘द इलिमेन्ट्स’ को प्रस्तुति

Logo

विराटनगर,माघ २५

बिहीबार चर्चित व्याण्ड ‘द इलिमेन्ट्स’ ले विराटनगरमा जारी सिएनआई कोसी एक्स्पोमा प्रस्तुति दिंदैछ । ‘मेलोडी पप’ मा लोकप्रिय स्वर इशान राज वन्तको व्याण्ड ‘द इलिमेन्ट्स’ का लागि एक्स्पो स्थल विराटनगर–२ शंकरपुर मार्गको मैदान बिहीबारको साँझका लागि ‘बुक’ हुने आयोजकको दाबी छ ।
‘द इलिमेन्ट्स’ ले आफ्ना म्यूजिक फ्यानका लागि छोडिएका ‘बिर्सिने हौ कि, सपनाको मायालु, माया भन्छन्, अल्लारे, ठुला ठुला शहर, अपरिचित, निन्द्रा, तिमी नै, त्यसैले हिंडे म’ लगायतका गीत चर्चित रहेका छन् ।

बिहीबार स्थानीय व्याण्डको प्रस्तुति छैन । त्यहि भएर चिसो र शान्त साँझमा इशान राज वन्तको स्वर गुन्जिने दाबी उनका फ्यानहरुले गरिसकेका छन् ।
माघ १९ मा एक्स्पो सुरु भएयता हरेक साँझ संगीत र कलाकारितामा नाम र चर्चा रहेका कलाकारहरुले प्रस्तुति दिंदै आएका छन् । एक्स्पो अवलोकनकर्ताहरुको माग र चाहनाका आधारमा कलाकारहरु तय गरिएका हुन् ।

बेलुका ६ः३० बजेसम्म एक सय रुपैयाँमै टिकट काट्न पाइने व्यवस्था सीएनआई प्रदेश १ ले गरिसकेको छ । त्यसपछि टिकट शुल्क दुई सय रुपैयाँ रहेको जनाइएको छ । तर पहिले नै टिकट काटेका दर्शक वा अवलोकनकर्ताहरुले भने जुनसुकै समयमा पनि सहज रुपमा मुल गेटबाट प्रवेश पाउनेछन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२०८२, भदाै १८ न पचायो प्रेम उस्ले, न घृणा न पचायो खुसी उस्ले ,न त पीडा! पचायो त केवल उस्ले, त्यही क्षणिक कृडा! ए भन न ,मान्छेले चाहन्छ के!? (२) प्रेम दिए , निरर्थक मान्छ बेवास्ता दिए बेकार ठान्छ ! ख्याल छैन उस्लाई,तिमीमा के छ बितेको !?(२) अल्झिन्छ बिगतमै जे छ सिकेको ! ए भन […]

काठमाडौं ,१५ भाद्र । मिस नेपाल २०२५ को उपाधि लुना लुँइटेलले हात पारेकी छन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । काठमाडौंसहित मुलुकका विभिन्न शहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]