१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

महाशिवरात्री पर्व देशभर मनाइदै…

Logo

निरज बस्नेत
विराटनगर, फागुन ६
भगवान् शिवको पूजाआजा भक्तिपूर्वक गरिदैं महाशिवरात्री देशभर मनाइदै छ । देवताको पनि देवता शिवको विशेष पूजाआजा निष्ठापुर्वक गर्दा मनले चित्ताएको पुग्ने जनविश्वास रहदैं आएको पाइन्छ ।

हिन्दू धर्मका सवभन्दा ठूला देवताको रुपमा पूजिदै शिवको आज मनदेखि पूजापाठ गरिने प्रचलन छ । घरमै पूजा गरी नजिकको शिवालयमा गएर स–परिवार पूजा गर्ने राम्रो प्रचलन हामीमा छ । कसैकसैले टाढा–टाढा रहेको शिवको मन्दिरमा समेत गएर पूजा गर्ने गर्दछन् ।
विराटनगरकी रोशनी रुचालले एकाविहानै देवकोटा चोकको वनसखण्डी मन्दिरमा गएर पूजा गरेको बताइन् । आज रुचालले फास्टिङ राखेकी छिन् ।
इटहरी तरहराकी माया गुरुङले भक्तिपूर्वक धरानको पिण्डेश्वर मन्दिरमा गई पूजाआजा गरीन् । साथै मायाले मन्दिर प्रांगणमा टिकटक पनि बनाएको बताइन् । धरानकै दिपीका गौंतमले पनि धरानमै रहेको पिण्डेश्वरमा पूजा गरिन् ।
धनकुटाकी अनु राइले भेडेटारमा आएर विकेण्ड मनाइरहेको जनाइन् । सर्वप्रथम उनी यहाँस्थित पाथिभरा मन्दिर गएको र त्यसपछि अन्य रमाइलोमा समय व्यति गर्दे गरेको बताइन् ।
यी त प्रतिनिधि केही पात्र हुन् । वास्तवमै संस्कृतिमा धनी हामी रमाइलो गर्नमा कुनै कसर बाँकी राख्दैनौ । अझ हिन्दु धर्म मान्नेको संख्या नेपालमा धेरै नै भएको कारण पनि हुनसक्छ हामी नेपाली शिवरात्रीलाई विशेष महत्व दिदै रमाउने गछौं ।
देशभरका शिवालय यत्तिवेला भक्तजनको भीडले खचाखच छ । भक्तिपूर्वक प्रार्थना गर्दे विशेष पूजाआजा गर्नेको आज सखारैदेखी बाक्लै भीडभाड विभिन्न शक्तिपीठहरुमा देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]