१० आषाढ २०८२, मंगलबार
24-06-2025 , Tue
Gold Silver Price (28 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 191800
Silver 1 Tola Nrs. 2180

महाशिवरात्री पर्व देशभर मनाइदै…

Logo
प्रकाशित शनिबार, फाल्गुण ०६, २०७९

निरज बस्नेत
विराटनगर, फागुन ६
भगवान् शिवको पूजाआजा भक्तिपूर्वक गरिदैं महाशिवरात्री देशभर मनाइदै छ । देवताको पनि देवता शिवको विशेष पूजाआजा निष्ठापुर्वक गर्दा मनले चित्ताएको पुग्ने जनविश्वास रहदैं आएको पाइन्छ ।

हिन्दू धर्मका सवभन्दा ठूला देवताको रुपमा पूजिदै शिवको आज मनदेखि पूजापाठ गरिने प्रचलन छ । घरमै पूजा गरी नजिकको शिवालयमा गएर स–परिवार पूजा गर्ने राम्रो प्रचलन हामीमा छ । कसैकसैले टाढा–टाढा रहेको शिवको मन्दिरमा समेत गएर पूजा गर्ने गर्दछन् ।
विराटनगरकी रोशनी रुचालले एकाविहानै देवकोटा चोकको वनसखण्डी मन्दिरमा गएर पूजा गरेको बताइन् । आज रुचालले फास्टिङ राखेकी छिन् ।
इटहरी तरहराकी माया गुरुङले भक्तिपूर्वक धरानको पिण्डेश्वर मन्दिरमा गई पूजाआजा गरीन् । साथै मायाले मन्दिर प्रांगणमा टिकटक पनि बनाएको बताइन् । धरानकै दिपीका गौंतमले पनि धरानमै रहेको पिण्डेश्वरमा पूजा गरिन् ।
धनकुटाकी अनु राइले भेडेटारमा आएर विकेण्ड मनाइरहेको जनाइन् । सर्वप्रथम उनी यहाँस्थित पाथिभरा मन्दिर गएको र त्यसपछि अन्य रमाइलोमा समय व्यति गर्दे गरेको बताइन् ।
यी त प्रतिनिधि केही पात्र हुन् । वास्तवमै संस्कृतिमा धनी हामी रमाइलो गर्नमा कुनै कसर बाँकी राख्दैनौ । अझ हिन्दु धर्म मान्नेको संख्या नेपालमा धेरै नै भएको कारण पनि हुनसक्छ हामी नेपाली शिवरात्रीलाई विशेष महत्व दिदै रमाउने गछौं ।
देशभरका शिवालय यत्तिवेला भक्तजनको भीडले खचाखच छ । भक्तिपूर्वक प्रार्थना गर्दे विशेष पूजाआजा गर्नेको आज सखारैदेखी बाक्लै भीडभाड विभिन्न शक्तिपीठहरुमा देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

काठमाडौँ– १३ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।