०१ आश्विन २०८२, बुधबार
17-09-2025 , Wed
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

ग्याल्पो ल्होसार देशभर मनाइदै…

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

निरज बस्नेत
विराटनगर, फागुन ९
शेर्पा समुदायले मनाउने गरेको ग्याल्पो ल्होसार मंगलवार देशैभर हर्षोल्लासका साथमा मनाइदै छ ।

यसैबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्ववाट सवै नेपालीवीच आपसी सद्भाव, सहिष्णुता, र बन्धुत्वको भावना अभिवृद्दि हुने र यसवाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएको जनाइएको छ ।
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसार मुलुकभरका शेर्पा समुदायले रमाइलो गरी मनाइरहेका छन् । फागुन शुक्ल पक्ष प्रतिपदा तिथिमा ग्याल्पो ल्होसार मनाइन्छ ।

पर्वको मौकामा शेर्पा समुदायले आफ्नो घर–आँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाई गर्ने, घरको छतलगायत गुम्वा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने र आपसमा शुभकामना आदानप्रदान गर्दे नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

५ साउन, काठमाडौं । आज साउन महिनाको प्रारम्भिक सोमबार, देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। हिन्दू धर्मावलम्बीहरू साउनका सोमबारहरूलाई भगवान शंकरको विशेष दिन मानेर उपवास बसी पूजाअर्चना गर्ने परम्परा छ। यो वर्ष साउनमा जम्मा चार सोमबार परेका छन्। व्रतालुहरूले बिहान स्नान गरी शिवलिंगमा जल, दूध अर्पण गर्छन् र बेलपत्र, धतुरा, फूलफल चढाएर पूजा गर्छन्। […]

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]