१८ भाद्र २०८२, बुधबार
03-09-2025 , Wed
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

कोरियाली प्राध्यापक टाेलीद्धारा पूर्वाञ्चल विश्वविद्यालय निरिक्षण

Logo
प्रकाशित बिहिबार, फाल्गुण ११, २०७९

विराटनगर,फागुन ११
चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण गरेको छ ।
चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको “विशेष आबश्यकता शिक्षा” को अनुगमत गर्न चार सदस्यीय प्राध्यापकहरूको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो ।

टोलीले विशेष आबश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीहरूसँग छलफल र अन्तरक्रिया समेत गरेको छ । छलफलको क्रममा विशेष आबश्यकता शिक्षाको आबश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए । कोरियाली प्राध्यापकहरूको टोलीले भने अध्ययन र सिकाई प्रक्रियाका विषयमा विद्यार्थीहरूसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसहरूका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै कोरियाली प्राध्यापकहरूले कोरियामा यसको धेरै माग रहेको जानकारी गराए । कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको प्राध्यापकहरूको भनाई छ ।

कला, शिक्षा तथा कानून शंकायका डिन प्रा. डा. अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा. कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौला लगायतको टोलीसँग कोरियाली प्राध्यापकहरूको टोलीले छलफल समेत गरेको छ । विशेष आबश्यकता शिक्षालाई प्रभावकारी बनाउने, विशेष आबश्यकता शिक्षामा स्नातक तह उतिर्ण उत्कृष्ट विद्यार्थीलाई चात्रवृत्तिमा कोरियामा स्नातकोत्तर तहको अध्ययनको अबसर दिने, अनुभव र शिक्षा आदान प्रदानका लागि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूलाई चाङगाव विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने विषयमा छलफल भएको र यसमा कोरियाली प्राध्यापकहरूको टोली सकारात्मक रहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोक विराटनगरमा गत वर्षदेखि शिक्षा शंकाय तर्फ स्नातक तहमा विशेष आबश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८२ भदौ १८ त्रिवि प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस विराटनगर एकाइ सभापतिमा नवीन अधिकारी चयन भएका छन् । ११ सदस्यीय समितिको उपसभापतिमा डा उपेन्द्र मेहता, सचिव ई जयनाथ यादव, सहसचिव डा राजेन्द्रप्रसाद चौधरी, कोषाध्यक्षमा डा युवराज साहू छन् । सदस्यहरूमा बाबुराम बुढाथोकी, डा तुलसी निरौला, माधव रेग्मी, सीताराम चम्लागाईं, अर्जुन तामाङ र सूर्यनारायण यादव […]

२९ श्रावण, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा भर्ना कार्यक्रम धमाधम भइरहेको छ। श्रावणको पहिलो साताबाटै सुरु भएको भर्ना कार्यक्रममा ठूलो संख्यामा विद्यार्थीहरुको चासो देखिएको छ। शैक्षिक सत्र २०८२ (सन् २०२५) का लागि ५ वर्षे बि.एल.एल.बि र ३ वर्षे एल.एल.बि शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना लिईदैछ। उक्त शैक्षिक कार्यक्रमहरु बार्षिक प्रणालीमा संचालित हुने […]

विराटनगर, भाद्र २८ – देशको  पुरानो र भरपर्दो शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसाेसियट्सले मंगलबार विराटनगरमा आफ्नो ११औं शाखाको उद्घाटन गरेको छ। उद्घाटनकै अवसरमा विदेश पढ्न जान चाहने विद्यार्थीहरूको लागि ग्लोबल एक्स्पोको पनि आयोजना गरिएको थियो। संसारीमाई स्थान नजिक रहेको कन्सल्टेन्सी भवनमा आयोजित कार्यक्रममा विदेश अध्ययनमा रुचि राख्ने ५०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए। […]