०९ साउन २०८१, बुधबार
24-07-2024 , Wed

देशभर शोभायात्रा

Logo
प्रकाशित शुक्रबार, चैत्र १७, २०७९

काठमाण्डौ,चैत १६

विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ । बहिबार परिषदको ११ औं स्थापना दिवसको अवसर पारेर  देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु आयोजना गरी मनाइएको छ ।

विश्व हिन्दू परिषद नेपालको स्थापना  विक्रम सम्वत २०६८ सालमा श्रीराम नवमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्रीराम नवमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौ, विराटनगर, उदयपुर, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु, नेपालगंज लगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन सत्संग लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्रीराम जन्मोत्सव  मनाएको छ  ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन ५ । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गीत सार्वजनिक गरेका छन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको उनीहरूले बताएका छन् । गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमा गोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ । विशाल पोख्रेल यसका निर्देशक हुन् […]

विराटनगर, ३१ असार । विराटनगर-३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार सो मन्दिर तथा सामुदायिक  भवनको उद्घाटन गर्नुभएको हो । भारतको नर्मदा नदीबाट ल्याइएको प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायीक […]

काठमाडाैं, असार ३०। विराटनगर-८ स्थित बाल संस्कार तथा युवा जाग्रिती केन्द्र (अष्ट चिरञ्जीवी मन्दिर) को १५ औं वार्षिकोत्सव मनाइएको छ। यस अवसरमा नवनिर्मित सामुदायिक भवनको उद्घाटन र दाता सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विराटनगरका विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको […]