२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

CGNET आईपुग्यो बिराटनगर

Logo
प्रकाशित मंगलबार, चैत्र २१, २०७९

काठमाडाैं, चैत २१

काठमान्डौँ सहरहरुका धेरै क्षेत्रहरुमा आफ्नो भरपर्दो र छरितो नेट र IPTV सुबिधा दिँदै आएको  CGNET ले सुविधा क्षेत्र बिस्तार गर्दै बिराटनगर आइपुगेको छ । बिस्तारकै क्रममा केहि समयमै बिरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावी सम्म आफ्नो सुबिधा पुर्याउने कम्पनीको योजना  छ । यसरी थोरै सहरमा मात्र सिमित CGNET नेटवर्क बिस्तार हुँदा धेरै भन्दा धेरै ठाँउका मानिसहरु भरपर्दो र छिटो नेटको सुबिधाबाट लाभान्वित हुने कम्पनीले बताउँछ  ।

इन्टरनेट र IPTV बाहेक सिजीनेटले जनताको जरुरतहरुलाई मध्यनजर गर्दै CGNE “ Speed दमदार Price शानदार” योजना अन्तगर्त आफ्ना प्रयोगकर्तालाई ३ लाख सम्मको इन्स्योरेन्स कभरेज , सिजी TV र घडी र इयरफोन जस्ता उपकरणमा डिस्काउन्ट र क्यासब्याकको अफर लिएर आएको छ ।  CGNET को प्रयोगकर्ता बनेर मानिसहरुले ४ लाख नेपाली रुपैया बराबरको यी सबै सुबिधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । नयाँ प्रविधिसँग मानिसहरुलाई सहज रुपमा जोड्नका र तिनलाई गुणस्तरिय सुबिधा दिनका निम्ति यस्ता अफर लिएर आएको कम्पनीको भनाइ छ ।

बजारमा आफ्नो उपस्थिति जनाएको थोरै समयमै प्रयोगकर्ता र अन्य मानिसहरुको मन जित्न सफल  CGNET, 130 Mbps नेटलाई सबै भन्दा सस्तो मुल्य रु ७९९ प्रति महिनामा नेपाली जनता माँझ ल्याउने पहिलो कम्पनी हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१२ बैशाख। अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी […]

झापा,११ वैशाख  । व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरुले व्यवसाय प्रवद्र्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन् । बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय  प्रवर्धनकालागि असल अभ्यास साटासाट गर्ने भएका हुन् । कोभिडपछि सुस्ताएको व्यवसायलाई  चलायमान बनाउँदै महिलाहरुलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पु¥याउने उद्धेश्यले उत्पादनदेखि बजारीकरणसम्मका लागि झापा र सुनसरीका […]

विराटनगर, वैशाख १० । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयातित सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गर्ने निर्देशन जारी गरेपछि उद्योगी तथा व्यापारीहरू कारबाहीमा पर्न थालेका छन्। २० चैत २०८१ यता  विभागले गरेका अनुगमन र कारबाहीबाट उद्योगी–व्यवसायी एमआरपी लेबल राख्न बाध्य भएका छन् । विभागले गएको चैत […]