०६ पुष २०८२, आइतबार
21-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

उद्घाटन खेलमा आर्मी विजयी

Logo
प्रकाशित बुधबार, चैत्र २२, २०७९

विराटनगर, चैत २२
शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चैथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्याे ।

विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ६–१ गोल फरकमा पराजित गरेको छ । आर्मीका लागि देवसिंह धामीले २ गोल तथा रोशन चौधरी, प्रदीप राजवंशी, रोमन राना र नितिस न्यौपाने समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए । पुलिसका लागि एक मात्र सान्तवना गोल महेश धामीले गरे ।

खेलको म्यान अफ द म्याच आर्मीका देवसिंह धामी भए । आर्मी विजयी हुँदै ३ अंक बटुल्न सफल भएको छ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा २ विभागीयसहित ७ वटा टोलीको सहभागिता रहेको छ । नेपाल आर्मी, नेपाल पुसिल विभागीय टोलीका साथै कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल कोसी प्रदेश र मधेस प्रदेश, दोस्रो गण्डकी र नेपाल पुलिस तथा तेस्रो खेल नेपाल आर्मी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]