२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

शुक्रवारबाट विराटनगरमा १५औं प्याब्सन स्पोट्र्स मिट

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो ।

२०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासलाई केन्द्रमा राखेर सञ्चालन हुने यस खेलमा मोरङका २३५ सदस्य विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी खेलाडी सहभागी हुनेछन् ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १९ देखि २१ गतेसम्म हुने तय भए पनि फुटबल र क्रिकेटका खेलहरू भने पहिले नै सुरु भइसकेका छन् । खेल तालिकाको चाप व्यवस्थापन गर्न यी दुई खेल उद्घाटनअघि नै शुरु गरिएको उनले बताए । हाल शहिद रंगशालामा फुटबल र जुटमिल खेल मैदानमा क्रिकेट प्रतिस्पर्धा जारी छ ।

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्सलगायत विभिन्न खेलहरू समावेश छन् । खेलहरू शहिद रंगशाला, जुटमिल खेल मैदान (रानी) र एभरेस्ट स्कुलको मैदानमा सञ्चालन हुनेछन् । प्याब्सन मोरङले जिल्ला फुटबल संघ, क्रिकेट संघ, भलिबल संघलगायत विषयगत संघहरूको प्राविधिक सहयोग लिएर खेल सञ्चालन गरिरहेको छ ।

खेल संयोजक विष्णु डंगोलका अनुसार प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान छ । यो रकम सहभागी विद्यालयहरूको रजिस्ट्रेसन शुल्क र प्याब्सन मोरङको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ । तीन दिनसम्म चल्ने यस खेलकुद मेला अवलोकन गर्न १ लाखभन्दा बढी दर्शक उपस्थित हुने आयोजकले अपेक्षा गरेका छन् ।

मङ्सिर १९ गते शुक्रबार शहिद रंगशालामा हुने औपचारिक उद्घाटन समारोहमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

प्याब्सन मोरङका सचिव देवि सिटौलाले यस कार्यक्रमबाट उदाएका धेरै खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गरेको उल्लेख गर्दै यस पटक पनि नयाँ प्रतिभाको उदय हुने विश्वास व्यक्त गरे । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको आयोजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]