०९ साउन २०८३, शनिबार
25-07-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शुक्रवारबाट विराटनगरमा १५औं प्याब्सन स्पोट्र्स मिट

Logo
जनचर्चा संवाददाता

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो ।

२०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासलाई केन्द्रमा राखेर सञ्चालन हुने यस खेलमा मोरङका २३५ सदस्य विद्यालयबाट ३ हजारभन्दा बढी विद्यार्थी खेलाडी सहभागी हुनेछन् ।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १९ देखि २१ गतेसम्म हुने तय भए पनि फुटबल र क्रिकेटका खेलहरू भने पहिले नै सुरु भइसकेका छन् । खेल तालिकाको चाप व्यवस्थापन गर्न यी दुई खेल उद्घाटनअघि नै शुरु गरिएको उनले बताए । हाल शहिद रंगशालामा फुटबल र जुटमिल खेल मैदानमा क्रिकेट प्रतिस्पर्धा जारी छ ।

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्सलगायत विभिन्न खेलहरू समावेश छन् । खेलहरू शहिद रंगशाला, जुटमिल खेल मैदान (रानी) र एभरेस्ट स्कुलको मैदानमा सञ्चालन हुनेछन् । प्याब्सन मोरङले जिल्ला फुटबल संघ, क्रिकेट संघ, भलिबल संघलगायत विषयगत संघहरूको प्राविधिक सहयोग लिएर खेल सञ्चालन गरिरहेको छ ।

खेल संयोजक विष्णु डंगोलका अनुसार प्रतियोगितामा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान छ । यो रकम सहभागी विद्यालयहरूको रजिस्ट्रेसन शुल्क र प्याब्सन मोरङको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ । तीन दिनसम्म चल्ने यस खेलकुद मेला अवलोकन गर्न १ लाखभन्दा बढी दर्शक उपस्थित हुने आयोजकले अपेक्षा गरेका छन् ।

मङ्सिर १९ गते शुक्रबार शहिद रंगशालामा हुने औपचारिक उद्घाटन समारोहमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

प्याब्सन मोरङका सचिव देवि सिटौलाले यस कार्यक्रमबाट उदाएका धेरै खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गरेको उल्लेख गर्दै यस पटक पनि नयाँ प्रतिभाको उदय हुने विश्वास व्यक्त गरे । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको आयोजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]

काठमाडौं, साउन ६ ।  नेपालमा प्रोटोन गाडीको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन e.MAS 5’ बजारमा ल्याएको छ। यो गाडी रु. २९ लाख ९९ हजारको सुरुवाती मूल्यबाट उपलब्ध छ। शहरी जीवनशैलीलाई ध्यानमा राखेर बनाइएको यस कम्प्याक्ट एसयूभीले मलेसियामा भएको ‘एलायन्स डीएसएफ भेहिकल अफ द इयर २०२६’ मा उत्कृष्ट इलेक्ट्रिक कम्प्याक्ट गाडीको सम्मान पाइसकेको […]

काठमाडौँ, साउन ५ । सरकारी निकायले नयाँ गाडी खरिद गर्दा अबदेखि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालु आर्थिक वर्षको बजेट कार्यान्वयन मार्गदर्शनमा यस्तो व्यवस्था गरिएको हो । यसैगरी वैदेशिक भ्रमणका लागि पनि मन्त्रालयको पूर्वस्वीकृति चाहिनेछ । घर भाडामा लिनुपर्दा पनि सरकारी भवन उपलब्ध नभएको अवस्थामा मात्र, त्यो […]