२५ बैशाख २०८३, शुक्रबार
08-05-2026 , Fri
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

बलियामा ‘सेफ्स बर्गर’ को नयाँ रेष्टुरेन्ट सञ्चालन

Logo

सुनसरी, वैशाख १५
मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा ’सेफ्स बर्गर’ ले आफनो आठौ शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफनो आठौ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ।

सेफ्स बर्गर’ का सञ्चालक महेन्द्र तामाङले सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै आठौ आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले चाँडै धरान, दमक, इटहरी, विराटनगरमा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।

सेफ्स बर्गर बैदेशिक रोजगारमा गएर होटल व्यावसायको शिप सिकेर आफनै देश फर्केका नेपाली युवा( सेफ) हरुले स्थापना गरेको खाद्य परिकार बिक्रि गर्ने रेष्टुरेन्ट कम्पनी हो । दुबईमा रहेको पाँचतारे होटल जुमेरा टावरमा १५ बर्ष भन्दा बढि सेवा गरेका नेपाली युवाहरु संखुवासभा धर्मदेवी नगरपालिका–८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढीका महेन्द्रमान तामाङ र सुरज तामाङस्वदेश फर्केपछि २०७५ सालदेखी चेन ब्राण्ड रेष्टरेन्ट सेफ्स बर्गर स्थापना गरेर देशभरि विस्तार गर्ने अभियानमा लागेका हुन् ।

अमेरिकन येल्लो बर्गर चिज र झुरुमझूरुम स्वादको ‘थिन एन्ड क्रस्टी’ पिज्जाको परिकार सेफ्स बर्गरका विशेषता हुन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, वैशाख १४  । विराटनगर वरपरका बोतल पानी व्यवसायीले पानीको मूल्यमा कार्टेलिङ गरेका छन्। कार्टेलिङ गरेर उनीहरुले जारको मूल्य दुई सय प्रतिशतले बढाएका छन्। यसअघि सामान्यतः खुद्रामा ४० रुपैयाँमा पाइँदै आएको पानी अहिले एक्कासि प्रतिजार ८० रुपैयाँ पुर्याइएको छ। यस विषयमा उत्पादकहरूसँग कुराकानी गर्दा उनीहरूले दुईवटा मुख्य कारण देखाएका छन्। पहिलो, पेट्रोलका कारण मूल्यवृद्धि भइरहेकोले […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]

काठमाडाै‌ं २०८२ चैत ३ । वाणिज्य तथा आपूर्ति विभागले ग्यास उद्योगी र वितरकहरूलाई कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन दिएको छ। ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको गोदाममा अनुगमनका क्रममा ६ हजार ३ सय ७७ वटा भरिएका सिलिन्डर लुकाइराखेको फेला परेपछि सो उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, ती सिलिन्डर नेपाल आयल निगमको रोहवरमा […]