०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मल्टिप्लेक्समा खानेकुराको मूल्यमा मनपर्दी

मल्टिप्लेक्समा खानेकुराको रेट किन महँगो त ?
Logo
निरज बस्नेत

विराटनगर, असार ५
विराटनगरको भाटभटेनी सुपर मार्केटको पाँचौं तल्लामा क्यूएफएक्स मल्टिप्लेक्स संचालित छ । यहाँ टिकटको रेट रु. ३०० देखी रु. ६०० सम्म कायम गरिएको छ ।

प्रायः मल्टिप्लेक्स सिनेमाघरहरुको टिकटको दर देशभर एउटैनै राखिदैआएको पाइन्छ । कहीँकतै तलमाथि हुनसक्छ । हप्ताको दुईदिन चाँही रु. १५० अल शो, मा टिकट दर रहेको छ ।

यो विराटनगरको हकमा हो । अन्यत्रको अवस्थामा बार भने फरक हुनसक्ला । यही दर, सेन्ट्रल मल्टिप्लेक्स अनि सिटी सिनेमामा पनि यथावत छ । विराटनगरको मेनरोडमा सेन्ट्रल मल्टिप्लेक्स छ भने तिनपैनीमा सिटी सिनेमा मल्टिप्लेक्स रहेको छ ।
लगानी गरेअनुसारको टिकट दर कायम गरिएको हल संचालकहरुको दावी रहँदै आएको छ । यता आम दर्शक चाँही टिकट दर मँहगो भयो भन्छन् ।
टिकट दर त फगत प्रसंग बाहिरको कुरा भयो । उठान गर्न चाँही के खोजिएको भने, मल्टिप्लेक्समा खानेकुराको रेट किन महँगो त ?

यस विषयमा हल संचालकहरुको प्रतिक्रिया खरो छ । लगानी करोडौं पर्छ । लगानी अनुसारको दाम त पर्छ । यस्तो प्रतिक्रिया हल संचालकहरुको छ ।

यता आम दर्शक चाहीँ क्रोधित हुदै भन्छन्ः समोसा एक पिसको रु ५० अनि पानीको ५० यसरी लिन पाइन्छ ? बासी समोसालाई ओभनमा हाल्यो अनि तातो पारेर बेच्यो । यसमा पनि त शुद्दता हुदैन ।

रु १० को एक लिटर पानीको बोतलको रु ५० यो कहाँसम्मको न्यायोचित हो ? यससम्वन्धमा सम्वन्धित स्थानीय सरकार मौन देखिन्छ । यो हाम्रो मामला होइन भन्दै पन्छिने गरेको पाइन्छ । कतिपयको प्रतिक्रिया भने अलिक फरक छ ।

सिनेमा हेर्न जानु भनेको सौखको विषय हो । कुनै हलवालाले कर गरेर , बाध्यता पारेर , हात समातेर हलसम्म त घिसारेर ल्याउँदैन । यसमा व्यक्ति स्वयंको इच्छामा भरपर्ने कुरा हो ।

सवैको आ–आफ्नै तर्क आफ्नो ठाउँमा जायज होला । तरपनि कुनैपनि वस्तुको मूल्य कतिसम्म लिने भन्ने पनि उसको या भनौ त्यो संस्थाको नैतिकतासँग पनि जोडिने विषय हुनजान्छ । व्यापार खाली मुनाफाकै लागि मात्र त गरिन्न ।

यसमा पनि नीति–नियम भन्ने त हुन्छ । वस्तु विक्रि गर्दा धेरैमा २० प्रतिशतसम्म नाफा लिनुलाई स्वभाविक मान्न सकिएला । तर, रु १० को सामान रु ५० सम्म बेच्दा नाफा कति ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]