०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

भारतकाे टाटाले दियाे नेपाली उद्याेगलाई ‘बेस्ट भ्यालुड कस्टमर’ अवार्ड

Logo
प्रविण घिमिरे

नँया दिल्ली, भारत, असोज ७
प्रविण घिमिरे

सुनसरीकाे स्वस्तिक रोलिङ मिल्सलाई भारतकाे प्रतिष्ठित व्यवासायीक प्रतिष्ठान टाटाले  ‘बेस्ट भ्यालुड कस्टमर’ उपाधि प्रधान गरेकाे छ । भारतकाे कोलकातामा आयोजित एक कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई  साे उपाधिसहित पुरस्कृत गरेका हाे।

स्वस्तिक रोलिङ उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल, र आई बिमको पनि उत्पादन गरिरहेकाेछ। स्वातिकका उत्पादनहरु घर निर्माण, ट्रस निर्माण, विद्युत् प्रसारण टावर निर्माण, इन्टरनेट र रेडियो टावर निर्माण, सेड निर्माण, आदिमा प्रयाेग हुने गरेकाे छ ।

टाटा स्टिल भारतको एक प्रमुख ब्रान्ड  हो  जसले उच्च गुणस्तरका उत्पादन र कच्चा पदार्थको उत्पादन गर्द छ। स्वस्तिक रोलिङले टाटा स्टिलको स्पन्ज आइरन (कच्चा फलाम) आयत गर्दछ । व्यवसायीक रुपमा जाेडिएकाे एकवर्ष नबित्दै टाटाबाट पुरस्कृत हुनुलाई ठुलाे उपलब्धीकाे रुपमा कम्पनीले लिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]