२४ भाद्र २०८१, सोमबार
09-09-2024 , Mon

सांसद दसैं भत्ता नपाउने

Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, कार्तिक ०२, २०८०

काठमाडौं, कार्तिक २

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद र पदाधिकारीलाई दिइने दसैं भत्ता कानुनविपरीत भएको भन्दै रोकिएको छ ।

सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ताका नाममा विगतमा करोडौं रकम दिइन्थ्यो । २०७७ सालमा कोरोना महामारीका बेला संसद् सचिवालयका पदाधिकारी र सांसदलाई दसैं भत्ता दिएपछि व्यापक विरोध भएको थियो ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा संसद् सचिवालयले दसैं भत्ता दिने गरेको थियो । २०७७ पछि सरकारले सांसद र संसद् सचिवालयका पदाधिकारीलाई दसैं भत्ता दिने विषयमा कुनै निर्णय नगरेकाले सांसद् र संसद् सचिवालयका पदाधिकारीले दसैं भत्ता नपाएको सचिवालयले जनाएको छ ।

यस पटकको दसैंमा पनि भत्ता नदिने कार्यलाई संसद् सचिवालयले निरन्तरता दिएको छ । संसद् सचिवालयका एक अधिकारीका अनुसार सरकारले भत्ता दिने निर्णय नगरेपछि संसद् सचिवालयले नदिएको बताए ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा संसद् सचिवालयका पदाधिकारी, सांसद र उनीहरूका स्वकीयलाई दसैं भत्ता दिने व्यवस्था छैन ।

-नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै २३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनियोजित र दबाबमा आधारित विकास निर्माणले भविष्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। आइतबार निर्माण व्यवसायी संघ मोरङको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्। मुख्यमन्त्री कार्कीले भने, “संघ, प्रदेश र स्थानीय तहले आवश्यकताको आधारमा नभई दबाबका आधारमा जथाभावी निर्माण […]

विराटनगर, भदाै २१ । विराटनगर २ तीन पैनीमा रहेको विएसएन स्कुल अफ होटल मेनेजमेन्टले बिहीबार हरितालिका तीज पर्व मनाएकाे छ। स्कुल परिसरमा आयोजित साे कार्यक्रममा यसै वर्ष भर्ना भएका होटल मेनेजमेन्टका विद्यार्थीहरूलाई हरितालिका तीजको महत्व र परम्पराबारे जानकारी समेत गराईएकाे छ। कार्यक्रममा स्कुलका प्रोग्राम डाइरेक्टर मनोज राजवंशीले तीज पर्वको महत्व दर्शाउँदै सबैलाई शुभकामना दिए। उनले […]

कञ्चनपुर ,२१ भदौ ।  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । “कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ”, उनले भने, “निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ, यसले चीनसँग जोड्छ ।” प्रेस युनियन कञ्चनपुरद्वारा महेन्द्रनगरमा आयोजित पत्रकार सम्ममेलनमा […]