१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपालमा टिकटक बन्द गर्ने सरकारकाे निर्णय

नितिगत निर्णयपछि अब प्राविधिक रूपमा बन्द गर्ने तयारी
Logo
निरज बस्नेत

निरज बस्नेत
विराटनगर, कार्तिक २७

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरिएको हाे ।
टिकटक बन्द गर्ने नीतिगत निर्णय भएपछि अब प्राविधिक रूपमा टिकटक बन्द गर्ने सरकारकाे तयारी छ ।

अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भए पनि  टिकटकले समाजमा अनेकाै समस्या निम्तियाएकाे निस्कर्ष सहित सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । टिकटकले समाजमा समाजिक सद्भाव बिगार्ने गरेकाे, मानसिक समस्या उत्पन्न गर्ने गरेकाे, पारिवारिक माहाेलमा खलल पुर्याएकाे आलाेचकहरुकाे बुझाई छ ।

त्यस्तै टिकटकका समर्थकले टिकटकबाट दैनिक नेपालीले कराैडाै‌ रुपैयाँ कमाउने गरेकाे, कला तथा क्षमता प्रदर्शनीकाे लागी ठुलाे पिल्याटफर्म भएकाे  एव‌ं समाजिक एकता र भैपरिमा एकजुट भई सहयाेग जुटाउन सजिलाे हुने गरकाे बताउने गरेकाे छन् ।

पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको प्रहरीकाे तथ्यांक छ । साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच केही समाय देखि यस विषयमा छलफल हुँदै आएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]