३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

आफैले टिकट काटेर मुख्यमन्त्री कार्कीले गरे ट्रेड एक्स्पोकाे अवलाेकन

पास लिएर हैन, टिकट काटेर मेला हर्न मुख्यमन्त्री कार्कीकाे आग्रह
Logo
संवाददाता जनचर्चा प्रकाशित बिहिबार, पुष १२, २०८०

विराटनगर, पुष १२। मुख्यमन्त्री केदार कार्कीले आफैले टिकट काटेर मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको ट्रेड एक्स्पो २०२३ काे बुधबार अवलाेकन गरेका छन् । एक्स्पाे आयाेजक माेरङ व्यापार संघले मुख्यमन्त्री कार्कीकाे निवासमा नै पुगेर एक ठेली पास दिएर अवलाेकनका लागि मंगलबार आमन्त्रण गरेका थिए तर उनले एक्स्पाेकाे प्रबर्द्धनका लागि आफै टिकट काटेर अवलाेकन गरेका हुन् ।

´विपन्न गरीवले टिकट काटेर एक्स्पाे हेरिरहेकाे अवस्थामा सार्वजनिक पद धारण गरेका र हुनेखाने वर्गले निःशुल्क पास लिएर हेर्न मिल्छ?,` उनले भने, ´त्यसैले आयाेजकले पास उपलब्ध गराए पनि आफैले टिकट काटेर एक्स्पाे अबलाेकन गरेँ ।’ आयाेजकले एक्स्पाे हेर्नका लागि हुनेखाने वर्गभन्दा पनि विपन्न, गरीवलाई निःशुल्क रूपमा एक्स्पाे अवलाेकनका लागि पास उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ३० भाद्र । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । आज बसेकाे पहिलाे मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन बिदा दिने निर्णय गरेकाे गृह एवं कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

काठमाडौं ३१ भाद्र । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा शहीद भएकाका परिवारलाई सरकारले १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । आज बसेको पहिलो मन्त्रिपरिषद् बैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

काठमाडौँ – सरकारले अचानक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धपछि युवा पुस्ता, विशेषगरी Gen Z (१९९७–२०१२ मा जन्मिएका) ले सेप्टेम्बर ८ का दिन देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्। यस अन्दाेलनमा  युवा तथा आमजनतालाई सहभागी बन्न टिकटकमार्फत आह्ववान गरिएकाे छ । टिकटक मार्फत गाेलबद्ध बनी स्वतस्फुतरुप युवाहरुले यस्ता सन्देश फैलाईरहेका छन् र आफ्नाे ठाँउमा अन्दाेलन गर्न अह्वान […]