०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

फोहोरी विराटनगर

Logo
राम खत्री

विराटनगर, पुष १८। विराटनगर महानगरपालिका दिनानु दिन फोहोरको केन्द्रबिन्दुको रुपमा परिणत हुदैे छ । विराटनगरमा सफा र खाली ठाउँ भेट्न असम्भव जस्तै छ । यहाँको खोला, नहर, सडकपेटी र खाली स्थानमा पाइने साझा वस्तु भनेको नै फोहोर हो । यतिसम्म भएको छ कि जहाँ महानगरले फोहोर नफ्याक्न आग्रह गरेर सुचना टासेको हुन्छ त्यही ठाउँमा अत्यधिक फोहोर देखिन्छ ।
विराटनगरलाई सफा सहर बनाउँनका लागि स्थानीय सरकार चिन्तीत देखिदैन  । महानगरले नारामा सफा र सुन्दर विराटनगर राखेपनि कार्यान्वयन भने हुन सकेको छैन । “हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम बिराटनगर” महानगरको नारा नारामै सीमित छ । विराटनगरको प्रत्येक वडामा फोहोर व्यवस्थापन समुहले हप्ताको २ पटक फोहोर उठाउँछ । विराटनगर महानगरपालिकामा १५० भन्दा बढी सरसफाई कर्मचारी छन् । महानगरले तिनवटा सरसफाई संस्थालाई फाेहर उठाउने छुट्टै जिम्मा समेत दिएकाे छ, अप्रत्यक्ष रुपमा सरसफाई अभियानमा हजाराै मानिसहरु लागिरहेका छन्। यति धेरै सरसफाईकाे बन्दाेबस्ती रहदा पनि नगर फाेहरनै रहनु स्थानीय सरकारकाे कमजाेरी हाे ।  विराटनगर महानगरपालिकाकाे नगर सभामा मेयर नागेश कोइरालाले जथाभावी फोहोर फ्याक्नेलाई नियन्त्रण गर्न सिसिटिभी क्यामेरा राख्ने निर्णय गराएका थिए । तर सो निर्णय समेत कार्यान्वयन भएको छैन ।

विराटनगर औद्योगिक, व्यापारीक, स्वस्थ्य, शिक्षा र प्रशासनिक केन्द्रको रुपमा परिचित छ । नगरपालिकाको वढ्दो जनसंख्या, यहाँका नागरिकहरुमा सरसफाई सम्वन्धी चेतना कमी, जथाभावी फोहोर गर्नेलाई नियमन गर्न कडा कानुन नहुनु, फहोर व्यवस्थापनमा महानगरको ढिला सुस्ती , सरसफाई कर्मचारीले राम्ररी फोहोर सरसफाई नगर्नु र विराटनगर भौगोलिक रुपमा समतल हुनाले पनि विराटनगर सफा बन्न नसकेको हो । महानगरले ढिलासुस्ती गर्ने कर्मचारीलाई कारवाही गरेर, सफाई कर्मचारीलाई तालिम दिने, फोहोर बर्गीकरण गर्ने, महानगरको सफाई यन्त्रलाई आधुनिक वनाउने, सफाई नियमलाई कडा बनाउने, नीजि क्षेत्रसँग महानगरले समन्वय गरेर मुख्य चोक, पार्क, सडकपेटीमा डस्टबिन राख्न सक्छ, जथाभावी फोहोर गर्नेहरुलाई उचित दण्ड वा जरीवाना गराउन सकेमा विराटनगरलाई धेरै हदसम्म सफा पार्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, असार ४ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज प्रतिनिधि सभाबाट पारित हुने तयारी पूरा भएको छ। सुचीअुनसार बिहान ११ बजेदेखि सुरु हुने सभा बैठकमा पारित प्रक्रिया अघि बढ्नेछ। बजेट पारित हुनुअघि प्रधानमन्त्री लगाएत गृह, अर्थ, शिक्षा तथा खेलकुद, विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, पूर्वाधार विकास, ऊर्जा जलस्रोत, परराष्ट्र र रक्षामन्त्रीले आ–आफ्नो मन्त्रालयको […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]