०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

जाेगबनी लगाएत सबै बाेडरलाई टाईट गर्नुपर्ने रहेछ : राजस्व डिजी मैनाली

Logo
निरज बस्नेत

विराटनगर,२१ पुस ।
आन्तरिक राजस्व विभागका महानिर्देशक(डिजी) दीर्घराज मैनालीले विराटनगरसँग जाेडिएकाे जाेगबनी लागएत भारतका सबै सिमा नाकामा भन्सार कडाई गर्नुपर्ने बताएका छन् । शुक्रबार विराटनगरमा उद्याेगी, व्यवसायी र सराेकारवालासँग गरिएको कर सम्वन्धी अन्तरक्रिया कार्यक्रममा डिजी मैनालीले साे कुरा बताएका हुन् ।

भारतबाट चाेरी निकासी भई समान आउने गरेकाले भारतिय समानहरु छ्यापछ्यती नेपाल भित्रीरहेकाे र यसले नेपाली उत्पादनलाई समेत ठुलाे धक्का पुर्याईरहेकाे  डिजी मैनालीकाे भनाई थियाे । भन्सार छली गरेर सामान भित्रिरहँदा राज्यले पनि राजस्व नपाईरहेकाे र यँहाकाे उद्याेगीहरु पनि मार्कामा परिरहेकाे समेत उनले जिकिर गरे । डिजी मैनाली  भन्छन् “भन्सार छलेर समान आउदाँ सरकार र निजीक्षेत्र दुवैलाई घाटा देखिएकाे छ । भन्सार छली हुँदा न सरकारले राजस्व पाँउछ न त  स्वदेशी उद्याेगकाे समाननै बिक्छ । त्यहीँ भएर, जाेगबनी लगाएत सबै बाेडरलाई टाईट गर्नुपर्ने रहेछ।”

बाेडर टाईट भए नेपाली उद्याेगसँग सँगै नेपाली बजार समेत गुल्जार हुने उनकाे तर्क थियाे । साेही कारण नाका क्षेत्रमा हुने गरेकाे भन्सार छली र तस्कारहरुकाे बारेमा राजस्वलाई सुचना दिन सबैमा डिजी मैनालीले आग्रह समेत गरे ।

कार्यक्रममा सिएनआईका केन्द्रिय उपाध्यक्ष भिम घिमिरे, माेरङ व्यापार संघका अध्यक्ष एवं नेपाल उद्याेग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजाल, नेपाल उद्याेग परिसंघका काेशी अध्यक्ष पवन सारडा, उद्याेग संगठन माेरङका अध्यक्ष राकेश सुराना,  माेरङका प्रमुख जिल्ला अधिकारी प्रमे प्रसाद भट्टराई, पलाई स‌ंघका काेशी अध्यक्ष सिनरुप अग्रवाल, नेपाल उद्याेग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष किशाेर प्रधान, नेपाल सुनचाँदी व्यवसायी सघका विराटनगरका अध्यक्ष शशिभुषण शाहकाे उपस्थिती रहेकाे थियाे ।

त्यसैगरी प्रतिष्ठित व्यवसायी बाजेकाे सेकुवाका साेल प्राेप्राईटर चेतन भण्डारी,  मारङ्ग व्यपार संघका उपाध्यक्ष अनिल शाह, प्रतिष्ठित उद्याेगी रमेश राठी,  मारङ्ग व्यपार संघका विकाश वेगवानी, मारङ्ग व्यपार संघकै श्याम राठी, महिला व्यवासायी सरसवती ओझा र साेनिय आचार्य, व्यवसायी रमेश भटराई, माेरङ्ग इलेक्ट्रिक एसाेशिएसनका गाैरभ भंग, दुवानी व्यवसायी खेमराज खेपड, नेपाल सुनचाँदी व्यवसायी संघका सुनिल कुमार साेनी, व्यवसायी नरेश राठी, व्यवसायी सिर्जन प्याकुरेल,  नेतृ सुची चाैधरी, व्यवसायी मनिष मारु, माेरङ्ग इलेक्ट्रिक स‌ंघका कैलाश विश्वास र राजेश अग्रवाल, कडबड मार्केटिङ्गका सुसभनाथ उप्रेती, उर्जाशील व्यवसायी श्रुती शर्मा, दुवानी व्यवसायी साेमप्रसाद भट्टराई,  उद्याेगी आयुश अग्रवाल, सिएनआईका साकेत राठी, व्यापार संघका अमित राठी, सिएन्आईका अजय राठी, व्यापार स‌ंघका दिपेश सुवेदी, उद्याेग संगठनका दिपक कट्वाल, सिएन्आईकी अजिता बराल, सिएनआई युवा तर्फका सुवास प्रधान र मुनन रिजाल,  सिएनआई युवा तर्फकै डाडलन अटल, लेखापाल सराेज चाैधरी लगाएकाे पनि कार्यक्रममा उपस्थिती रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]