१९ आश्विन २०८३, सोमबार
05-10-2026 , Mon
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

गोयलद्वारा ५ लाख सहयाेग

विराटनगरमा अढाई करोडकाे लागतमा बन्दैछ हिन्दु स्वयम सेवक संघ कोशीको भवन
Logo
दिनेश खड्का

विराटनगर, पुष २३ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले हिन्दु स्वयम सेवक संघ नेपालको भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् । आईतबार गाेयलले महेन्द्र चाेकस्थित निज निवासमा  हिन्दु स्वयम सेवक संघ नेपालका केन्द्रिय सहसचिव महेन्द्रप्रसाद साहलाई ५ लाखकाे चेक हस्तान्तरण गरेका थिए । सहयाेग बुझ्नका लागी साहसँगै कोशी प्रदेश संघका सियाराम रौनियार र  मुकेश साह समेत पुगेका थिए।

अढाई करोड रुपैयाँको लागतमा विराटनगरमा हिन्दु स्वयम सेवक संघ नेपाल कोशी प्रदेश समितिको भवन निर्माण भई रहेको छ । विराटनगरकै आर्का समाजसेवी देवकिशन मुण्दडाले विराटनगर ७ स्थित नेपाल टेलिकम विराटनगर शाखा कार्यालय नजिक उपलब्ध गराएको १ कठ्ठा ७ धुर  जग्गामा भवन निर्माणको काम भईरहेकाे हाे । भवन निर्माणकाे लागी मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं व्यवसायी शंकरलाल अग्रवालको संयोजकमा १५ सदस्यीय  समिति समेत बनेकाे छ  ।  

गाेयलले शनिबार मात्र झापाका विद्यार्थीलाई छात्रावृती तथा न्यानाे कपडा वितरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]

१४ असोज, काठमाडौं । कञ्चनपुरमा दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग महाकाली नदीको बाढीले भत्काएको छ । आज बिहान करिब आठ बजे पुलको बीचको भाग नदीमा बगेको हो । प्रत्यक्षदर्शीका अनुसार नदीको बीचमा रहेको एउटा पिलर भत्किएपछि पुलको सो भाग पनि नदीमा खसेको हो । प्रहरीले भीमदत्त नगरपालिका-१३ तर्फबाट छैटौं नम्बर र […]

विराटनगर, असाेज १३ ।  जिल्ला प्रशासन कार्यालय मोरङ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले सोमबार विराटनगरमा गरेको अनुगमनका क्रममा नेपाली नागरिकका नाममा दर्ता भएको फर्ममार्फत चिनियाँ नागरिकले व्यवसाय चलाइरहेको भेटिएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित एभरपिक सप्लायर्समा अनुगमन गर्दा भिसाको सर्तविपरीत चिनियाँ नागरिक लि जोसिज्याकले कारोबार […]