०६ माघ २०८२, सोमबार
19-01-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगर हाडवेयर संघकाे नेतृत्वमा जिन्दल

Logo
संवाददाता जनचर्चा

विराटनगर, माघ १
विराटनगर हार्डवेयर संघको सोमबार सम्पन्न भेलाले प्रमोद जिन्दललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । विराटनगर महानगरपालिका भित्र हार्डवेयर व्यवसाय गर्दै आएका दुई सय ५० व्यवसायी सदस्य उपस्थित रहेको भेलाले जिन्दलको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिव देवीप्रसाद पोखरेल, सचिव जीतेश कोइराला र कोषाध्यक्षमा भरतकुमार खेतान छन् ।
समितिको सदस्यहरुमा शंकर थापा, गोविन्द अग्रवाल, अमित सिंगल, अनन्त निरौला, मुकुल दाहाल, ज्ञानेन्द्रप्रसाद भट्टराई, किरणशंकर साह र अभिशेक केडिया छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]