२२ साउन २०८३, शुक्रबार
07-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

संकटमा कपडा व्यवसाय

Logo
संवाददाता जनचर्चा

विराटनगर, माघ १२
कपडा व्यवसायहरु अहिले मन्दीकाे असरले  ठुलो संकटमा परेका छन् । वर्तमान अवस्थामा कपडाको बिक्री वितरण न्युन छ । ठुला शहरहरुमा झन् व्यापार घटेर व्यापारीहरु वेहाल छन्। एकतिर विविध कारणले आम्दानी घटीरहेकाे छ आर्काेतर्फ खर्च भने बढेकाे बढै छ।

कपडा-बजारकाे स्थिती बुझ्न  बिराटनगरलाई नुमना मानेर हेर्ने हो भने, यँहा कपडाको पसल फुटपाथ देखि मलसम्म यत्रतत्र खुलेका छन् । व्यापारमा तिव्र प्रतिस्पर्धा र ग्राहक संख्यामा कमी आउँदा कपडा व्यावसायीलाई पसलकै मासिक खर्च समेत धान्न हम्मेहम्मे छ । बरगाछी चौकदेखि चादनी चौकसम्म विगतका केही बर्षमा ४ देखि ५ वटामात्र कपडा पसल थिए तर अहिले १/२ बर्षको अन्तरालमा १५ देखि २० वटा कपडा पसलहरु संचालनमा आइसकेका छन् । मुख्य बजारमा सरदर मासिक पाँचवटा नँया पसल खुल्ने र साेही अनुपातमा बन्द समेत हुने गरेकाे छ । अहिले मन्दीकाे कारण खुल्नेभन्दा बन्द गर्नेकाे शंख्या ह्वातै बढेकाे छ ।

विराटनगरका कपडा व्यवसायी मनाेज चौधरी भन्छन्  “एक दुई बर्ष अगाडिसम्म हाम्रा पसलमा शनिवार कपडा बेच्न भ्याइ नभ्याई हुन्थ्यो तर आज भाली शनिवार त पसलमा मान्छे नै आउदैनन्, जनतासँग पैसा नहुदाँ क्रयशक्तिमा कमी आएकाे छ । जनताहरु पहिले जस्तो कपडामा खर्च गर्न सक्ने स्थितीमा छैनन्।” चाैधरी अगाडी थप्छन “कपडाका पारखी भनेका युवाहरु नै हुन तर नेपालका २५ प्रतिशत युवा बैदेशिक रोजगारीमा छन्, देशको एक चौथाइ जंनसख्या बेदेशिएका छन् । अझ विदेश जानेकाे श‌ंख्या दिनानुदिन बढेकाे बढैछ । देशमा भएका अधिकांश काम गर्ने युवाहरु पनि सीमित तलवमा काम गरीराखेका छन् । धेरै युवाहरु बेरोजगार छन् । याे अवस्थामा लुगा कसरी बिक्छ?”

खुला सिमा पनि यँहाकाे व्यवसायीहरुकाे लागी ठुलाे टाउकाे दुखाईकाे विषय बनेकाे छ। नाका खुला हुदाँ  बिराटनगरका ग्राहकहरु पनि कपडा किन्न सीमा पारी भारत, जाेगबनी तिरै जने गरेका छन् जसका कारण यहाँको कपडा व्यापारीलाई ठुलाे धक्का पुगेकाे छ । विराटनगरका सरदर ८० प्रतिशत ग्राहक नियमित कपडा तथा खाद्यान्न खरिद गर्न भारतकाे जाेगबनीतर्फ धाउने गरेकाे विराटनगरका व्यापारीबाट रफ आकडा उपलब्ध भएकाे छ ।

सरकारले पेट्रोलियम पदार्थकाे मुल्य वृद्धि गर्दा ढुवानी खर्च समेत बढ्ने गरेकाे व्यापारीहरुकाे गुनसाे छ । अर्काेतर्फ  बैंकको चर्को व्याजदरले थलीएको कपडा व्यवसायले वडादेखि केन्द्र केन्द्रसम्मकाे सरकारलाई अनेकाै प्रकारकाे कर बुझाउनु पर्नु व्यवास्थाले झनै ठुलाे चपेटामा परेकाे छ । एक दशकदेखि निरन्तर खस्किरहेकाे कपडा व्यावसाय काेभिडपछि तन्नमनै भएकाे व्यावसायीहरुकाे अनुभव छ । अहिले कपडा व्यवसाय गरेको आम्दानीले  बैंकको ब्याज ,घरभाडा र कर्मचारीलाई भुक्तानी गर्न समेत नपुग्ने व्यावसायीकाे दुखेसाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]