०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

उद्योग र शैक्षिक क्षेत्रवीच विराटनगरमा अन्तरसम्वाद

Logo
निरज बस्नेत

 माघ १३, विराटनगर
उद्योग र शैक्षिक क्षेत्रवीचको अन्तरसम्वादका माध्यमबाट सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवं आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको छ । उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयूक्त रुपमा आयोजना गरेको प्रतियोगितामा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि विधार्थीहरुले दिगो र आत्मनिर्भर आर्थिक विकासका लागि सरकार, नीजि क्षेत्र र आम नागरिकको एकिकृत दृष्टिकोणको आवश्यकता रहेको औल्याएका थिए । उनीहरुले मुलुकको आर्थिक एवं औद्योगिक समृद्धिका लागि सबै पक्ष वीचको सहकार्यको आवश्यकता हुने वताए ।

सहभागि विद्यार्थीले आर्थिक विकास र नया रोजगारी सिर्जनामा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले लगानीमैत्री नीति निर्माण गरी कार्यान्वयन पक्षलाई सवलीकरण गर्नुपर्ने धारणा राखेका थिए । नेपालको दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जलश्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, खनिजजन्य उद्योगको विकासका प्रचूर सम्भावना भएकाले नीतिगत सुधार गरी उक्त क्षेत्रमा लगानी अनुकुल वातावरण निर्माण गरे छिट्टै आर्थिक समृद्धि प्राप्त हुने धारणा व्यत्ति गरे ।

व्याख्यात्मक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग र शैक्षिक क्षेत्र वीचको निरन्तर सम्वादले आर्थिक विकासको नया क्षेत्र र सम्भावना पहिल्याउन सहज हुने विश्वास व्यक्त गरे । उनले सहभागि विद्यार्थीलाई देश मै स्वरोजगार भई रोजगारीका नया अवसरहरु सृजना गर्ने क्षमता विकास गर्न अनुरोध गरे । युवा पुस्ताले नया सोच र अवधारणाका साथ प्रारम्भ गरेको स्र्टाटअपहरुले विश्व आर्थिक मंचमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले सोही अनुरुपको नया सोचका साथ स्वदेश मै उद्योग व्यवसायका क्षेत्रमा युवाहरु आउनुपर्ने विचार व्यक्त गरे ।

प्रत्येक सहभागिलाई दिगो र आत्मनिर्भर आर्थिक विकासको सम्भावना विषयमा व्याख्या गर्न आठ मिनेट समय दिईएको थियो । कार्यक्रममा वाल कल्याण विद्या मन्दिरकी स्विकृती अधिकारी प्रथम, आदर्श उच्च मा.वि.का सुजन खत्री दोश्रो र सत्यनाराण उच्च मा.वि की सिवानी राउत तेश्रो भएको थिईन ।

उपप्रँध्यापक डा. चन्द्र तिम्सिना, युवा व्यवसायी अभिनायक मल्ल र संचारकर्मी अनन्त न्यौपाने निर्णयक प्यानलमा रहनु भएको कार्यक्रममा प्रथम, दोश्रो र तेश्रो हुन सफल विद्यार्थीलाई नगद रकम सहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]