०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

गाेयलद्वारा मानव सेवा आश्रमलाई ५ लाख सहयाेग

Logo
दिनेश खड्का

विराटनगर,माघ १७ । विराटनगरका समाजसेवी दिनबन्धु गोयलले मानव सेवा आश्रमको भवन निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । २३ करोडको लागतमा विराटनगर वडा न‌ं ५ मा आश्रमको  सुविधा सम्पन्न भवनहरु बन्दैछ । साेही भवन निर्माणकाे लागी गाेयलले आश्रमलाई सहयाेग प्रदान गरेका हुन् ।

मंगलबार गाेयलले आश्रमका अध्यक्ष लिला ढुंगेललाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । साे रकमसँगै आश्रमलाई पुग्ने गरी एक महिनाकाे रासन समेत गाेयलले उपलब्ध गराएका छन्।

याे पनि पढ्नुहाेस :

दाता विरामी हुँदा पनि राेकिएन वितरण कार्यक्रम

गोयलद्वारा झापाका विद्यार्थीलाई सहयाेग : २ सय जनालाई न्यानाे कपडा, १५ जनालाई छात्रवृत्ति

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]