२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा पाठेघर स्क्रिनिङ चेकजाँच शिविर

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र १५, २०८०

विराटनगर,१५ चैत । विराटनगर महानगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच (भिआइए) तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई तिब्र पारेको छ । महानगरले हरेक वडाहरुमा यसखाले कार्यक्रम गर्दै आएको छ ।

हरेक हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कार्यक्रमलाई निरन्तरता दिएको हो । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरुलाई अस्पताल जान समस्या हुने भएकाले वडामै स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले बताए ।

बुधबार रानी अस्पतालमा शिविर सञ्चालन गरिएको छ । जसमा ३ सय ३३ जनाले सेवा लिएको शिविर संयोजक तथा सिनियर अहेव अधिकृत भोला तिम्सिनाले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम विराटनगरका १४,१५,१६,१७,र १८ नं. वडामा सम्पन्न भइसकेको छ । अव क्रमश सवै वडामा कार्यक्रम हुने छ । अव चैत्र १९ गते वडा न.१३ को पुर्वान्चल बाल आश्रममा शिविर सन्चालन गरिने तिम्सिनाले जानकारी दिए ।

नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा महानगरले शिविर सञ्चालन गरिरहेको छ । जसमा सुगर,प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री रोग, आँखा, कान, दन्त, फिजिसियनलगायतका सेवा समेत उपलब्ध गराइएको छ ।

उक्त शिविरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली , प्रशासन प्रमुख अर्जुन थपलिया,महानगर स्वास्थ्यका सिनियर अहेव अधिकृत रमेश कार्की लगायतले अनुगमन समेत गरेका थिए । केही महिना अगाडि विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले यो कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]