२७ बैशाख २०८२, शनिबार
10-05-2025 , Sat
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

विराटनगरमा पाठेघर स्क्रिनिङ चेकजाँच शिविर

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, चैत्र १५, २०८०

विराटनगर,१५ चैत । विराटनगर महानगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच (भिआइए) तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई तिब्र पारेको छ । महानगरले हरेक वडाहरुमा यसखाले कार्यक्रम गर्दै आएको छ ।

हरेक हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कार्यक्रमलाई निरन्तरता दिएको हो । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरुलाई अस्पताल जान समस्या हुने भएकाले वडामै स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले बताए ।

बुधबार रानी अस्पतालमा शिविर सञ्चालन गरिएको छ । जसमा ३ सय ३३ जनाले सेवा लिएको शिविर संयोजक तथा सिनियर अहेव अधिकृत भोला तिम्सिनाले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम विराटनगरका १४,१५,१६,१७,र १८ नं. वडामा सम्पन्न भइसकेको छ । अव क्रमश सवै वडामा कार्यक्रम हुने छ । अव चैत्र १९ गते वडा न.१३ को पुर्वान्चल बाल आश्रममा शिविर सन्चालन गरिने तिम्सिनाले जानकारी दिए ।

नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा महानगरले शिविर सञ्चालन गरिरहेको छ । जसमा सुगर,प्रेसर, क्षयरोग, बालरोग, यौनरोग, स्त्री रोग, आँखा, कान, दन्त, फिजिसियनलगायतका सेवा समेत उपलब्ध गराइएको छ ।

उक्त शिविरको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली , प्रशासन प्रमुख अर्जुन थपलिया,महानगर स्वास्थ्यका सिनियर अहेव अधिकृत रमेश कार्की लगायतले अनुगमन समेत गरेका थिए । केही महिना अगाडि विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले यो कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]

काठमाडौं ,२१ बैशाख ।  सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा […]