२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

पर्यटन र व्यापार प्रवर्द्धनका लागी काेशीमा मोटर र्‍याली

जी मोटर्सकाे प्रायाेजनमा युवा उद्यमी मंचद्वारा आयाेजित
Logo
जनचर्चा संवाददाता

ईटहरी, चैत १५ । पर्यटन र व्यापारको प्रवर्द्धनका लागि युवा उद्यमी मंचले कोशी प्रदेशस्तरीय मोटर र्‍याली गर्ने भएका छन् । मंचको विराटनगर, सुनसरी र झापा च्यापटरले संयुक्त रुपमा सो र्‍याली गर्ने भएको हो ।

मंचले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी सो र्‍यालीबारे जानकारी दिएको छ । चैत १६ गेत ईटहरीकाे होटल सोल्टी वेस्टेण्डबाट शरु हुने र्‍यालीको औपचारीक शुरुवात कोशीका मुख्यमन्त्री केदार कार्कीले गर्ने भएका छन् ।
विराटनगर मंचका अध्यक्ष रंजित भागतले र्‍याली स्पर्धा नभई पर्यटन र व्यापारको प्रवर्द्धन लागी आयोजना गरिएको पत्रकार सम्मेलनमा बताए । उनले र्‍याली मोटरगाडीको दौड स्पर्धा नभएको हुँदा, गति र दुरीले मान्यता नराख्ने तर उत्कृष्ट योगदान पुर्याउने सहभागीलाई परस्कृत भने गरिने बताए ।

र्‍यालीको प्रायोजन जी मोटर्स प्रा.लिले गर्न भएको छ । जी मोटर्सले बिजुलीबाट चल्ने स्काईवेल गाडी नेपाली बजारमा विक्रिवितरण गर्दछ । ५ सिट क्षमता भएको स्काईवेलको रेन्ज ६ सय २० मिलोमिटरसम्म रहेको छ । सम्मेलनमा जी मोटरका व्यवस्थापक कुशल लामिछानेको सहभागिता रहेको थियो । स्काईवेल गाडीको सोरुम हाललाई ईटहरीमा रहेको र चाँडै नै विराटनगरमा पनि आउटलेट खोल्ने तयारी रहेको लामिछानेले बताए । सम्मेलनमा मंचको झापा च्यापटरबाट अध्यक्ष प्रवेश बस्नेतको उपस्थ्तिी रहेको थियो ।

र्‍यालीको पहिलो दिन ईटहरीबाट धरान, धनकुटा, फिदीम, ईलामको साखेजुङ हुँदै पानीटारमा रात्रीबासको तालिका तय गरिएको छ । सोही दिन देउमाई नगरिपालिकास्थित महेन्दै आधारभुत विद्यालयका विद्यार्थीलाई ५० हजार बराबरको फुटबल, ब्याडमिन्टन, क्रिकेट सेट लगाएतको खेल सामग्री प्रदान गरिने बताईएको छ । र्‍यालीको दोस्रो दिन सिम्पानी चायाबगान, कन्याम, चारआली हुँदै दमकस्थित नेपारिकामा युवा व्यवसायीको उद्यमीसँग उद्यमी बैठक एवं रात्रीबास हुनेछ ।

तेस्रो दिन विहान र्याली समापन गरिने कार्यक्रम तय गरिएको छ । र्यालीमा २० सवारी साधन एवं विराटनगर, सुनसरी र झापा च्याप्टरका ५० जना युवा उद्यमी व्यवसायीको सहभागिता रहने छ । र्यालीमा सहभागी हुन रजिष्ट्रेशन शुल्क २० हजार रुपैयाँ राखिएको छ ।
कोशी प्रदेशमा पर्यटनका यथेष्ट सम्भावन रहेपनि प्रवद्र्धन कम रहेको महशुश गरी पर्यटन बढावा दिन र्यालीको आयोजना गरिन लागिएको सचिव रोमन कट्टेलले जानकारी गराए ।
र्यालीले कोशी प्रदेशका युवा उद्यमीलाई एकीकृत गराउने र व्यवसायीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने विश्वास लिएको सुनसरी च्याप्तटर अध्यक्ष चन्द्र देवकोटाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]