१४ माघ २०८२, मंगलबार
27-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

हिलटन रेष्ट्रोको सफ्ट ओपनिङ

विराटनगर ३ दुध फारम अगाडी हाइवेमा हिलटन रेष्ट्रोको सफ्ट ओपनिङ शुक्रवार आज भएको छ ।
Logo
जनचर्चा संवाददाता

हिलटन रेष्ट्रो

विराटनगर ३ दुध फारम अगाडी हाइवेमा हिलटन रेष्ट्रोको सफ्ट ओपनिङ शुक्रवार आज भएको छ । सो कुराको जानकारी यस हिलटन रेष्ट्रोका संचालक चमेशराज ढकालले दिएका छन् । कुनै तामझाम विना सामान्य तरिकाले होटलको शुरुवात भएको हो । ओपनिङमा यहाँका संचालकले आफ्नै साथीभाइ सर्कल लगायत सम्पूर्ण विराटनगरवासीलाई चुलै निम्तो दिएका पनि छन् ।

ओपनिङको मौकामा आज १० प्रतिशत छुट प्रत्येक आइटममा दिइएको छ । यसलाई केही समय अझै लगिने समेत संचालकले बताएका छन् । यस होटलमा खसीको मासुको विशेष परिकार पाइन्छ । जस्तै ः – खसीको पक्कु , सेकुवा , लगायत अन्य स्पेशल परिकारहरु उपलब्ध हुनेछन् । अरुभन्दा फरक , स्वादिष्ट , अर्गानिकतानै हिलटनको प्रमुख विशेषता रहने कुरा छ ।

खसीको विविध परिकारका अलावा , मम , चाउमिन , खाना , चिसो –तातो पनि उपलब्ध हुनेनैछन् । यहाँ रेष्ट्रोमा आउने , मज्जाले खाने अनि अगाएर जाने , यहीनै हिलटनको विशेषता रहने छ । रु १० करोड(घडेरी–कन्स्ट्रक्सन समेत) आसपास लगानी रहेको यस होटल साच्चैनै शानदार राम्रो , पूर्ण त पारिवारिक बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एयरपोर्टमा आफूलाई चेकिङको नाममा दुःख दिने काम भएको गुनासो गरेका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो (शुक्रबार) झापाबाट फर्किने क्रममा एयरपोर्टमा निकै दुःख पाएको गुनासो सुनाएका हुन् । ‘अस्ती यताबाट म झापा जाँदा मलाई राम्रो नै व्यवहार गरिएको थियो एयरपोर्टहरुमा […]

काठमाडौं, ११ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी […]

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]