१६ भाद्र २०८२, सोमबार
01-09-2025 , Mon
Gold Silver Price (13 Bhadra 2082, Friday)
Fine Gold 1 Tola NRs. 201100
Silver 1 Tola Nrs. 2375

विज्ञान र प्रविधितर्फ शिक्षणलाई ढल्काँउन पूर्वराष्ट्रपति भण्डारीकाे जाेड

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, चैत्र १६, २०८०

विराटनगर,१६ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्ने बताएकी छन्।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान तथा स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा ध्यान पुर्‍याउन सुझाव दिइन्। पूर्वराष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानमार्फत लोक कल्याणको क्षेत्रमा नयाँ सिर्जना एवं आविष्कार गरी विश्वमा मुलुकको नाम राख्न विद्यार्थीलाई अनुरोध गरिन्।

उनले खाद्य सुरक्षा, जलवायु परिवर्तनको अनुकूलता र मुलुकको अर्थतन्त्र सबल बनाउने विषयमा विद्यार्थीले विशेष ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘चिकित्सक, अर्थशास्त्री, उद्यमी, इन्जिनियरलगायत उत्पादन गर्ने भएकाले शिक्षालयको विकासका लागि सहमतिका आधारमा सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ।’

क्याम्पसका प्राचार्य रामावतार शरण, युनियनका सभापति जसवन्त पौडेललगायतले मुलुकलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा क्याम्पसले विशेष ध्यान दिएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आवश्यक सहयोगको आग्रह गरे।

सो अवसरमा पूर्वराष्ट्रपति भण्डारीले विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुका साथै क्याम्पसमा स्वास्थ्य शिविर सञ्चालन गर्न सहयोग गर्ने विभिन्न अस्पताललाई प्रमाणपत्र प्रदान गरेकि थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,१४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु […]

विराटनगर, १३ भदौ – कोशी प्रदेश सरकारले प्रदेशसभाबाट पारित गर्ने तयारी गरेको ‘प्रदेश आमसञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१’ होल्ड भएको छ। प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहितको विधेयक कोशी सरकारले ल्याएपछि पत्रकार र सञ्चारसम्बद्ध संघ संस्थाहरु आन्दोलनमा उत्रेका थिए। पत्रकारहरूको आन्दोलनपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग तत्काल विधेयक अघि नबढाउने विषयमा छलफल भएको नेपाली कांग्रेस कोशी प्रदेश […]

विराटनगर,१४ भदौ । फोहोरमैला व्यवस्थापनका लागि कोशी प्रदेश सरकार र स्थानीय तहबीच संझौता भएको छ । मोरङ जिल्लाका चार तथा इलामका दुई स्थानीय तहबीच सम्झौता भएको हो । कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर र रङ्गेली नगरपालिका, सुनवर्षी नगरपालिका, कानेपोखरी गाउँपालिका तथा धनपालथान गाउँपालिकाबीच फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी कार्यक्रमबारेको समझदारीपत्रमा हस्ताक्षर भएको हो । […]