०२ आषाढ २०८३, मंगलबार
16-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

रोट्रयाक्ट विराटनगरकाे अग्रसरतामा जेब्रा क्रसिङ निर्माण कार्यक्रम सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत १७ । रोट्रयाक्ट क्लब विराटनगरले शनिबार जेब्रा क्रसिङ निर्माण कार्यक्रम सम्पन्न गरेकाे छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङकाे सहकार्यमा क्लबले विराटनगरकाे मेनराेड र जलजला राेडमा जेब्रा क्रसिङ चिन्ह बनाएकाे हाे ।

कार्यक्रममा क्लबका अध्यक्ष सजल सुवेदी , कार्यक्रम संयोजक अनिल रौनियार, उपाध्यक्ष प्रेम पारख, सह- सचिव आँशु निरौला , मेम्बरशिप कोर्डिनेटर बेनु खातिवडा लगायतकाे उपस्थिती रहेकाे थियाे । कार्यक्रमका बिच  जिल्ला ट्राफिक प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले सहकार्यका लागी क्लबलाई धन्यवाद समेत व्यक्त गरे ।

जेब्रा क्रसिङ निर्माण लागी विराटनगरकाे क्राेमा पेन्टसले रंग निशुल्क उपलब्ध गराएकाे छ । क्राेमा पेन्टस्‌‌ले पछिल्लाे समय देशकाे पुर्वी बजार तहल्का मच्चाएकाे छ । भारतकाे प्रसिद्ध रंगका नामहरु बट्टामा प्रयाेग गरी नेपालमा गुणस्तरहिन रंगहरु बनाउदै आएकाे स्वदेशका विभिन्न छदमवेशी  र‌ंग कम्पनीहरुलाई चुनाैती दिने गरी क्राेमा पेन्टस्‌ बजारमा ल्याईएकाे हाे ।  क्राेमाका रंगहरु अरु कम्पनीकाे भन्दा  गुणस्तरीय र सुलभ भएकाे कम्पनीकाे दावी छ । यस कम्पनीका संचालक महेश झा हुन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]