१५ कार्तिक २०८२, शुक्रबार
31-10-2025 , Fri
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

विराटनगरका पुर्ण बोहोरा अधिवक्ताकाे परीक्षामा कोशी प्रथम

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, चैत्र १८, २०८०

काठमाडाैं, चैत १८ । अधिवक्ता तहको ३१ औं परीक्षामा विराटनगरका पुर्ण बोहोरा कोशी प्रथम भएका छन् । नेपाल बार परिषद्ले गत पुषमा लिएको परिक्षामा बोहराले कोशीमा प्रथम र नेपालभरिमा छैठौं स्थान हासिल गर्न सफल भएका हुन् । प्रकाशित नितिजाका अनुसार उत्कृष्ट दशमा बोहोरा बाहेक अन्य सबै परीक्षार्थी बागमती प्रदेशबाट छन् ।

अधिवक्ताको परीक्षामा विराटनगरबाट उत्कृष्ट दशभित्र पर्ने सम्भवत बोहोरा पहिलो परीक्षार्थी भएको अधिवक्ता सुजन दाहल बताँउछन् । “यसभन्दा अघि विराटनगरबाट कसैले पनि टपटेनमा दावी गर्नुभएको छैन।” दाहाल भन्छन् “सम्भवतः वहाँनै विराटनगरबाट अधिवक्ताको परीक्षामा उत्कृष्ट दश भित्र पर्ने पहिलो परीक्षार्थी हो।” सो परिक्षामा बोहोराले कुल ७५।७६ प्रतिशत प्राप्त गरेका छन् ।

बोहाेराले पुर्वाञ्चल विश्वविद्यालय सम्बन्धन प्राप्त विराटनगरको ब्राईट भिजन कलेजबाट कानुनमा स्नातक गरेका छन् । उनी हाल विराटनगरको हिमाल ल च्याम्बरमा वरिष्ठ अधिवक्ता भारत बहादुर थापासँग कानुन व्यवसाय अभियास गरिहेका छन् । पुर्ण बोहाेरा बुवा चन्द्र बहादुर बोहोरा र आमा कमला बोहराको कान्छो छाेरा हुन् । मोरङको उर्लाबारीमा पुर्खेली घर भएका बोहोरा परिवार अहिले स्थायी रुपमा विराटनगरमा बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]