०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा व्यापार मेला हुने

Logo
जनचर्चा संवाददाता

विराटनगर, चैत १९। विराटनगर साझा प्रयास नेपालको आयोजनामा विराटनगरमा औद्योगिक तथा व्यापार मेला हुने भएको छ । स्वरोजगार आत्मर्निभरता हाम्रो आधार, शहरदेखि गाउंसम्म व्यापार विस्तार भन्ने मुल नाराका साथ औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी आयोजना हुन लागेको हो । औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुने आयोजक संस्था साझा प्रयास नेपालले आईतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

साे मेला विराटनगरको आयल निगम पश्चिम पट्टीको खाली जग्गामा सञ्चालन गरिने आयाेजककाे तयारी छ । आयोजक सस्था प्रयास नेपालकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि चलायमान बनाउने  र याे मन्दीकाे बेला व्यवसायलाई तङग्रीन मद्दत पुर्‍याउने बताईन ।  प्रदर्शनी स्थलमा फरक शैलीबाट नयां पनका साथ एक्स्पो सञ्चालन गरिने अध्यक्ष खडकाको दावी छ । अध्यक्ष खड्का अनुसार मेलामा ३ लाख बढीले अवलोकन गर्ने र ६९ लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ८० बढी स्टल रहने छन् । आजसम्म ६० स्टल दर्ता भएको भईसकेकाे आयाेजकले जानकारी दिएका छन् । आयोजक सस्थाकी सचिव इन्दिरा दाहाल खड्काले प्रदर्शनी स्थलमा मेलाको आवश्यक तयारीका काम अन्तर्गत स्टल दर्ता तथा स्टल निमार्णको काम भैरहेको जानकारी दिइन् ।

मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुकाे  प्रस्तुति समेत राखिएकाे आयोजक सस्थाले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]