०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक

Logo
जनचर्चा संवाददाता

काठमाडौं ,१८ चैत ।  पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत शाहीले बताए । उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुन्छ । जुम्लामा चन्दना भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोह जुम्लामा हुने छ । नागरिक मूल आयोजक समितिमा कुनै पनि पार्टी पंक्ति छैन । सर्वदलीय बैठकबाट सबै दलबाट सबैको उपस्थितिका लागि राजा सबको साझा हुन्छ । चाहे पूर्व होस चाहे वर्तमान राजा कुनै दलको हुँदैन ।’ उनले राजा ल्याउने राप्रपाको एजेन्डा भएकाले ‘राजा’ भन्न कुनै हिच्किचाहट नभएको भन्दै पूर्वराजा नभइ राजा भनेर सम्बोधन गरे ।

उनले भने,‘राजा भनेको शक्ति र सत्ता होइन, आस्था म राप्रपाको प्रवक्ता हो । राप्रपाले संवैधानिक राजसंस्थाको वकालत गर्छ । राजा ल्याउने राप्रपाको एजेन्डा हो । त्यसैले राजा भन्न मलाई कुनै हिच्किचाहट छैन । दोस्रो, राजा कहिले पनि पूर्व हुँदैन । पूर्वराजा उहाँ हो भने वर्तमान राजा देखाइदिनुप-यो । राजा भनेको शक्ति र सत्ता होइन, आस्था हो । अहिले देश अभिभावकविहीन भएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]