विराटनगर, चैत १९ । यसपटकको विराट गोल्डकपबाट विराटनगरमा पास कल्चरको अन्त्य भएको छ । गोल्डकप आयोजकको अठोट र विराटनगरका प्रतिष्ठित व्यक्तित्व एवं नागरिक समाजको अगुवाईमा विराटनगरमा पास कल्चर अन्त्य भएको हो ।
पास कल्चरको अन्त्य गर्नमा विराट गोल्डकप आयोजक टोलीको महोत्वपुर्ण भुमिका रहेको छ । विराटनगरमा प्रायः कुनै पनि कार्यक्रम हुँदा पहुचवालाहरुको लगी छुट्टै पास बनाईदिनु पर्ने पराम्परा थियो । प्राभाव र दावावमा आयोजकले पनि पहुचवाला र उनका परिवार एवं चेलाचपेटाका लागी पास बनाईदिनुपर्ने बाध्यता थियो ।
तर यसपटकको विराट गोल्डकपको आयोजक टोली निडर निस्किए । उनीहरु कसैसँग डराएनन् । अन्ततः यसपटकको गोल्डकपमा भिआईपी पास नै बनेन । राज्यले तोकेको विशिष्ट व्यक्तिलाई आयोजकले आफै ईन्ट्रि गराउने तर पास कसैलाई पनि नदिने निर्णय गरे ।
विराटगरका विशिष्टहरु पनि कम निस्किएनन् । पास कल्चरलाई समाप्त पार्न उनीहरुले सहकार्य गरे । गोल्डकपको तेस्रो दिन कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की आफै टिकट काटेर गोल्डकप हेर्न गए । उनले यसभन्दा अघि विराटनगरमा आयोजना भएको व्यापारिक एक्स्पोहरुमा पनि पास लिएका थिएनन् । त्यसवेला पनि उनले टिकेट काटेरै मेला अवलोकन गरेका थिए । पछिल्लो समय मुख्यमन्त्री कार्कीे पास कल्चरलाई अन्त्य गर्न जुनसुकै कार्यक्रममा पनि टिकट काटेरै जाने गरेका छन् ।
त्यस्तै कोसीका सासंद भिम पराजुली पनि कांग्रेसी लाभालस्कर लिएर आईतबार गोल्डकप हेर्नपुगे । उनले आफुसहित सम्पुर्ण टोलीको टिकट काटेरै म्याच हेरे । विराटनगर कांग्रेसका पुर्व कार्यवाहक सभापति अरुण न्याैपाने, युवा नेताद्वय प्रविण जाेशी , विनायक पन्त लागयतका नेता गणकाे टाेली पराजुलीसँग म्याच हर्न पुगेका थिए। लोकप्रिय नेताको छवि बनाएका पराजुलीले आईतबारको खेल दर्शकदिर्घामा बसेर हेरेका थिए ।
त्यस्तै कोशी प्रदेशकाे आर्का सासंद एवं प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाई जिवन अर्चायले पनि टिकट काटेरै यस पटकको गोल्डकप हेरेका छन् ।
धमाधम टिकट काटेर फुटबल हेर्न पुगेपछि आलोचकहरुले नेताहरुको सो क्रियाकलापलाई सस्तो स्टण्टको संज्ञा दिएका छन् । उता, राम्रो काम गर्दा स्टण्ट हुन्छ भने सबै नेताले बढीभन्दा बढी स्टण्ट गर्नुपर्ने पक्षधरहरुले कटाक्ष गरेका छन् ।
विराट गोल्डकपको दोस्रो दिन सांग्रिला मोरङलाई सर्पोट गर्न पुगेका उद्यमी पुण्य भट्टराईलाई आफुसँगै विना टिकट ईन्ट्री गर्न आयोजकका सदस्यहरुले ढिपी गरेपनि उनले टिकट काटेरै खेल हेरे । भट्टाई एउटा उदारण पात्र मात्र हुन्, समाजका प्रतिष्ठित धेरै व्यक्तिहरुले यस पटकको गोल्डकप टिकट काटेर दर्शकदिर्घामा बसेर हेरेका छन् ।
विराटनगरका सबै सचेत नागरिकले पास कल्चरको अन्त्यनै चाहेका छन् । तर केही पास भिरेरै ठुलो मान्छे हुईन्छ भन्ने ग्रसित मानसिकता बोकेर बसेका व्यक्तिहरु यसपटकको गोल्डकप ठुस्किएर फेसबुकमा हेरिरहेका छन् ।