१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा खुल्याे किरण क्लासिककाे चाैथाैं आउटलेट

Logo
निरज बस्नेत

विराटनगर, चैत २० । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा आफ्नाे चाैथाे आउटलेट संचालनमा ल्याएको छ । विराटनगरकाे सबैभन्दा पुरानाे र आधाकारिक बेकरी “किरण क्लासिक“ले  विराटनगरकाे विरेन्द्रसभागृह विपरितमा नयाँ आउटलेट शनिबारदेखि संचालनमा ल्याएकाे हो ।

शोरुम संचालनको अवसरमा उद्योगले १० दिनसम्म आफ्ना सबै उत्पादमा विषेश छुट दिने घोषणा समेत गरेको छ । किरण क्लासिककाे आउटलेटहरुमा आफ्नै उद्योगमा निर्माण गरिएका केकहरुका साथै बेकरीका सबै उत्पादन र स्न्याक्स्हरु समेत उपलब्ध छ । किरणका केही आउटलेटहरुमा लाईभ केककाे पनि व्यवस्था छ, जहाँ ग्राहकहरुले आफ्नै आँखाकाे अगाडि बनाएकाे फ्रेस केक खरिद गरेर लान सक्छन् । किरण क्लासिककाे कलेजराेड, बाटाराेड र गुद्रीमा अन्य आउटलेटहरु संचालनमा छन् ।

किरण क्लासिककाे विराटनगरमा सबैभन्दा ठुलाे बेकरी सप्लाई छ । क्लासिकका उत्पादनहरु विराटनगरकाे चप्पाचप्पामा रहेकाे किराणा पसलमा पाईने गरेकाे छ ।  किरण क्लासिकका संचालक संजय व्यास हुन् । उनका बुवा स्व: डा.रामजीप्रसाद व्यासले तिन दशक भन्दाअघि विराटनगरमा किरण बेकरीकाे संचालनमा गरेका हुन् । रामजीप्रासदले आफ्नी कन्छी छाेरी किरण ब्यासकाे नाम साे बेकरी संचालनमा ल्याएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]