०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

पठाओलाई विराटनगरमा तत्काल अनुमति दिनु हुँदैन

Logo
दिनेश खड्का

विराटनगर,चैत २९ । वंगलादेशी कम्पनी पठाओले राइड-सेयरसहित आफ्नाे अन्य सेवाहरु विराटनगर लगाएत काेशी प्रदेशकाे विभन्न सहरमा विस्तार गर्ने तयारी गर्दैछ । काठमाडाै‌ंमा पठाओ एकदमै लाेकप्रिय र सुलभ छ ।  ट्याक्सी सेवा म‌ंहगाे र चालक पनि गनगने हुने भएकाले काठमाडाैंमा यात्रुका लागी पठाओ पहिलाे राेजाई बन्न पुगेकाे हाे । तर विराटनगरकाे परिवेश भने अलिक फरक छ। यँहा पठाओले गर्ने काम सिटी सफारीले र म्याजिक टेम्पाेले गर्दै आएकाे छ । सफारी र टेम्पाे अझ पठाओभन्दा सुलभ छन् ।

हुनत खुल्ला बजार निती अनुसार बजारमा सबैले आफ्नाे बस्तु तथा सेवा विस्तार गर्न पाउनु पर्छ । र कुन सेवा सुलभ एवं राम्राे हाे भन्ने छनाेट ग्राहकले गर्ने कुरा पनि खुल्ला बजारले गर्दछ । तर यँहा सवाल नितीकाे मात्र छैन, थितीकाे पनि छ । तत्काल पठाओ विराटनगरमा आए यसकाे असर सिधै यहाँकाे सिटी सफारी र म्याजिक भ्यानलाई पर्न जान्छ । अहिले अधिकांस सिटी सफारी र म्याजिक भ्यान ऋणमा छन् । उनीहरुले बै‌ंकलाई किस्ता बुझाउने हिसाबले सवारीसाधन खरिद गरेका छन्  । यसै पनि अहिले सहरमा सिटी सफारीकाे शंख्या अत्याधिक हुँदा उनीहरुलाई यात्रु भेट्न हम्मेहम्मे छ, भ्यानकाे हालत पनि यँहा उही छ। यस्ताे वेलामा सरकारले पठाओलाई अनुमति दिनु भनेकाे यँहाका सिटी र भ्यानलाई ठाँडै अन्याय गर्नु  हाे ।

सरकारले हँचुवाकाे भरमा निर्णय गर्दा गरिब तथा असाक्षर वर्ग जहिले पनि अन्यायमा पर्ने गरेका छन् । करिब डेढ दशकअघि पनि विराटनगरमा  पेडल–रिक्साचालकहरु यसैगरी मार्कामा परेकाे संझनायाेग्ग हुन्छ अहिले । त्यतीवेला भखर-भर्खरै सिटी सफारी संचालनमा आएकाे थियाे । सिटी सफारी संचालनमा आएदेखि विराटनगरका हजाराैं पेडल–रिक्साचालकहरु दिनदिनै बेराेजगार हुँदै गए । एक त पिहलादेखिनै न्युन आए भएका पेडल–रिक्सा चालकहरुकाे आमदानी एकाएक ठप्प हुन पुग्याे । साहुलाई पेडल–रिक्साकाे दैनिक भाडा सय रुपैयाँ सम्म दिनुपर्थाे चालकले ।  सिटी सफारी आएपछि ननु तेलसमेत खरिद गर्न पेडल–रिकसा चालकलाई कठिन भयाे ।

वास्तवमा त्यती वेला पनि राज्यकै गल्ती थियाे । रिक्सा चालकहरुलाई विकल्प नदिई सिटि सफारीकाे अनुमति दिनु हुँदैन थियाे सरकारले ।  पेडल –रिक्साचालकलाई केही समय दिएर मात्रै सिटी सफारीलाई अनुमति दिदाँ उपयुक्त हुन्थ्याे तर सायद सरकारकाे त्यहाँसम्म साेच पुग्न सकेन पनि हाेला । अहिले हामी फेरी पनि त्यही माेडमा आएका छाैं । सिटी सफारी र भ्यान ठुलाे मार्कामा पर्नेवाला छन् । उनीहरुलाई कमसेकम बै‌ंककाे ऋण र सावारीसाधानका किस्ता तिरुन्जेल लाग्ने समयसम्म पठाओलाई अनुमति दिनु हुँदैन ।  त्यसपछि पनि उनीहरुकाे सावरीसधानलाई के काममा लगाउने वा कसरी व्यवस्थापन गर्ने त्याे स्थानीय सरकारले याेजना बनाउनु जरुरी छ ।

पाक्का हाे, पठाओले  यँहा राेजगार थप्छ, युवाहरुलाई स्वाराेजगार बनाउँछ र सहरलाई अधुनिकता तर्फ उन्मुख गराउँछ । त्यता जानैपर्छ तर अहिले तत्काल हाेइन । हामीले पठाओलाई विराटनगरमा आजिवन आउनै दिनु हुँदैन भन्न खाेजेकाे पनि हाेईन।  सिटी सफारी र म्याजिकलाई व्यवस्थापन नगरेसम्म पठा‌ओलाई अनुमति दिनु हुँदैन यति मात्र कुरामा जाेड दिन खाजेकाे हाे ।

दवाव दिने अहिले हाे । 

पठाओले विराटनगर लगाएत देशका विभिन्न १७ वटा सहरमा सेवा विस्तार गर्ने औपचारिकरुपमा उद्घाेष गरिसेकेकाे छ । सायद छिट्टै नै अनुमति पनि पाउँलान् । पठाओ विराटनगर आएपछी सिटी र भ्यान चालककाे राेईलाे हुनेवाला छ । यातायातका नेताहरु पनि चर्काे स्वारमा “पठाओ बन्द गर” भन्दै कराउनेवाला छन् । त्यतीवेला राेईलाे गर्नु व्यर्थ हुन्छ । सरकारले अनुमति दिएपछि पठाओले लगानी गर्छ र लगानी गरीसकेपछि बन्द गर भन्न मिल्दैन र भन्नु पनि हुँदैन। साेही कारण अनुमति दिने नदिने सावलमा राज्य र स्थानीय सरकार चनाखाे हुनुपर्ने जारुरी देखिन्छ ।

सिटी सफारी चालक, भ्यान चालक, यतायात तथा मजदुरका नेता र सबै सराेकारवालाले बुझी राखाै‌ं, कराउने वेला यही हाे, दावाव दिने वेला यही हाे,  याेजना र विकल्प विना अनुमति दिनु हुँदैन भन्ने वेला पनि यही याे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

विराटनगर, पुष १४ । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष […]