१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पठाओलाई विराटनगरमा तत्काल अनुमति दिनु हुँदैन

Logo
दिनेश खड्का

विराटनगर,चैत २९ । वंगलादेशी कम्पनी पठाओले राइड-सेयरसहित आफ्नाे अन्य सेवाहरु विराटनगर लगाएत काेशी प्रदेशकाे विभन्न सहरमा विस्तार गर्ने तयारी गर्दैछ । काठमाडाै‌ंमा पठाओ एकदमै लाेकप्रिय र सुलभ छ ।  ट्याक्सी सेवा म‌ंहगाे र चालक पनि गनगने हुने भएकाले काठमाडाैंमा यात्रुका लागी पठाओ पहिलाे राेजाई बन्न पुगेकाे हाे । तर विराटनगरकाे परिवेश भने अलिक फरक छ। यँहा पठाओले गर्ने काम सिटी सफारीले र म्याजिक टेम्पाेले गर्दै आएकाे छ । सफारी र टेम्पाे अझ पठाओभन्दा सुलभ छन् ।

हुनत खुल्ला बजार निती अनुसार बजारमा सबैले आफ्नाे बस्तु तथा सेवा विस्तार गर्न पाउनु पर्छ । र कुन सेवा सुलभ एवं राम्राे हाे भन्ने छनाेट ग्राहकले गर्ने कुरा पनि खुल्ला बजारले गर्दछ । तर यँहा सवाल नितीकाे मात्र छैन, थितीकाे पनि छ । तत्काल पठाओ विराटनगरमा आए यसकाे असर सिधै यहाँकाे सिटी सफारी र म्याजिक भ्यानलाई पर्न जान्छ । अहिले अधिकांस सिटी सफारी र म्याजिक भ्यान ऋणमा छन् । उनीहरुले बै‌ंकलाई किस्ता बुझाउने हिसाबले सवारीसाधन खरिद गरेका छन्  । यसै पनि अहिले सहरमा सिटी सफारीकाे शंख्या अत्याधिक हुँदा उनीहरुलाई यात्रु भेट्न हम्मेहम्मे छ, भ्यानकाे हालत पनि यँहा उही छ। यस्ताे वेलामा सरकारले पठाओलाई अनुमति दिनु भनेकाे यँहाका सिटी र भ्यानलाई ठाँडै अन्याय गर्नु  हाे ।

सरकारले हँचुवाकाे भरमा निर्णय गर्दा गरिब तथा असाक्षर वर्ग जहिले पनि अन्यायमा पर्ने गरेका छन् । करिब डेढ दशकअघि पनि विराटनगरमा  पेडल–रिक्साचालकहरु यसैगरी मार्कामा परेकाे संझनायाेग्ग हुन्छ अहिले । त्यतीवेला भखर-भर्खरै सिटी सफारी संचालनमा आएकाे थियाे । सिटी सफारी संचालनमा आएदेखि विराटनगरका हजाराैं पेडल–रिक्साचालकहरु दिनदिनै बेराेजगार हुँदै गए । एक त पिहलादेखिनै न्युन आए भएका पेडल–रिक्सा चालकहरुकाे आमदानी एकाएक ठप्प हुन पुग्याे । साहुलाई पेडल–रिक्साकाे दैनिक भाडा सय रुपैयाँ सम्म दिनुपर्थाे चालकले ।  सिटी सफारी आएपछि ननु तेलसमेत खरिद गर्न पेडल–रिकसा चालकलाई कठिन भयाे ।

वास्तवमा त्यती वेला पनि राज्यकै गल्ती थियाे । रिक्सा चालकहरुलाई विकल्प नदिई सिटि सफारीकाे अनुमति दिनु हुँदैन थियाे सरकारले ।  पेडल –रिक्साचालकलाई केही समय दिएर मात्रै सिटी सफारीलाई अनुमति दिदाँ उपयुक्त हुन्थ्याे तर सायद सरकारकाे त्यहाँसम्म साेच पुग्न सकेन पनि हाेला । अहिले हामी फेरी पनि त्यही माेडमा आएका छाैं । सिटी सफारी र भ्यान ठुलाे मार्कामा पर्नेवाला छन् । उनीहरुलाई कमसेकम बै‌ंककाे ऋण र सावारीसाधानका किस्ता तिरुन्जेल लाग्ने समयसम्म पठाओलाई अनुमति दिनु हुँदैन ।  त्यसपछि पनि उनीहरुकाे सावरीसधानलाई के काममा लगाउने वा कसरी व्यवस्थापन गर्ने त्याे स्थानीय सरकारले याेजना बनाउनु जरुरी छ ।

पाक्का हाे, पठाओले  यँहा राेजगार थप्छ, युवाहरुलाई स्वाराेजगार बनाउँछ र सहरलाई अधुनिकता तर्फ उन्मुख गराउँछ । त्यता जानैपर्छ तर अहिले तत्काल हाेइन । हामीले पठाओलाई विराटनगरमा आजिवन आउनै दिनु हुँदैन भन्न खाेजेकाे पनि हाेईन।  सिटी सफारी र म्याजिकलाई व्यवस्थापन नगरेसम्म पठा‌ओलाई अनुमति दिनु हुँदैन यति मात्र कुरामा जाेड दिन खाजेकाे हाे ।

दवाव दिने अहिले हाे । 

पठाओले विराटनगर लगाएत देशका विभिन्न १७ वटा सहरमा सेवा विस्तार गर्ने औपचारिकरुपमा उद्घाेष गरिसेकेकाे छ । सायद छिट्टै नै अनुमति पनि पाउँलान् । पठाओ विराटनगर आएपछी सिटी र भ्यान चालककाे राेईलाे हुनेवाला छ । यातायातका नेताहरु पनि चर्काे स्वारमा “पठाओ बन्द गर” भन्दै कराउनेवाला छन् । त्यतीवेला राेईलाे गर्नु व्यर्थ हुन्छ । सरकारले अनुमति दिएपछि पठाओले लगानी गर्छ र लगानी गरीसकेपछि बन्द गर भन्न मिल्दैन र भन्नु पनि हुँदैन। साेही कारण अनुमति दिने नदिने सावलमा राज्य र स्थानीय सरकार चनाखाे हुनुपर्ने जारुरी देखिन्छ ।

सिटी सफारी चालक, भ्यान चालक, यतायात तथा मजदुरका नेता र सबै सराेकारवालाले बुझी राखाै‌ं, कराउने वेला यही हाे, दावाव दिने वेला यही हाे,  याेजना र विकल्प विना अनुमति दिनु हुँदैन भन्ने वेला पनि यही याे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]