०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा ३७ औं गणगौर पूजा सम्पन्न

Logo
जनचर्चा संवाददाता

विराटनगर,२८ चैत । घरपरिवार सुख शान्तिको कामना गर्दै मारवाडी समुदायले विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव सोमबार मनाएको छ । नेपाल मारवाडी गणगौर र पूजा समितिले आयोजना गरेको महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम गरिएको थियो । मारवाडी समुदायका बालबालिका र महिलाहरुले विभिन्न प्रतिभा देखाउदै नृत्य तथा धार्मिक कलाहरु प्रस्तुत गरेका थिए ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेतृ तथा गीतकार अनिता सोनी, डा.तृप्ती अग्रवाल, किर्ति बोहरा, राजलक्ष्मी अग्रवाल, दीक्षा गोयल, समाजसेवी इन्दिरा रिजाल र मिनाक्षी नेपाल रहेका छन् । उनीहरुलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री थापाले धर्म,संस्कृति र परम्पराको जगेर्ना गर्दै अगाडि वढ्नुपर्नेमा जोड दिइन् । यस्ता पर्वहरुले पारिवारिक मिलन गराउने र एक आपसमा सम्वन्ध प्रगाड बनाउने मन्त्री थापाको भनाइ थियो ।
यो पूजा मारवाडी समुदायका महिलाहरुले परापूर्वकालदेखी मनाउदै आइरहेको गणगौर पूजा समितिका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । सन्तान,श्रीमान् तथा समस्त परिवार कल्याणका लागि गणगौर पूजा गर्ने चलन रहेको राठीको भनाइ छ ।

महोत्सवको मुख्य संयोजक शितल बाहेती र संस्थापक अध्यक्ष मुलचन तापडियाले गणगौर पवित्र पर्व भएको बताएका थिए । कार्यक्रममा मारवाडी समुदायका अगुवा भिखमचन्द सरल,वेनीगोपाल मुन्दडा,देवकीनन्दन अग्रवाल,श्रवण अग्रवाल,अर्चना राठी,मिलन नौलखा ,रचना राठी,गिरिजा सारडा लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]